कुनैपनि व्यक्ति ३३ वर्षको उमेरमा बढी खुसी हुन्छन् । बेलायतमा गरिएको सर्वेक्षणमा यस्तै दाबी गरिएको छ । यो अध्ययनमा ४० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई सामेल गरिएको थियो । प्रत्येक १० व्यक्तिमध्ये सात जनाले उमेरको ३३ वर्षमा आफूहरु सबैभन्दा बढी सन्तुष्ट र खुसी रहेको जनाएका थिए । फ्रेन्ड
रियुनिटको सर्वेक्षण अनुसार, ५३ प्रतिशत व्यक्तिले ३३ वर्षमा बिताएको समय अन्य उमेरको तुलनामा बढी सुखद रहेको बताएका थिए । ४२ प्रतिशत व्यक्ति भविष्यलाई लिएर आशावादी देखिएका थिए भने ३८ प्रतिशतलाई जीवन तनावमुक्त लाग्ने गरेको थियो । यस्तै, ३१ प्रतिशतलाई ३३ वर्षको उमेरमा परिवार आफूसंग बढी निकट रहेको अनुभूतिसमेत भएको थियो ।
यो अध्ययनमा सामेलमध्ये ६ प्रतिशत व्यक्तिलाई भने कलेजमा पढ्दाताका आफू सबैभन्दा हर्षित वातावरणमा रहेको अनुभव थियो । १६ प्रतिशतलाई बाल्यकालमा अत्यधिक खुसी भोगेको महसुस भएको थियो । सर्वेक्षण अनुसार, परिवार, साथी र बालबालिकाको साथ पाउनु जीवनका सबैभन्दा बढी खुसीहरुमध्ये एउटा हो । यस्तै, सर्वेक्षणमा सहभागी पाँच जनामध्ये एकले आफ्नो काममा सफलता पाएपछि पनि खुसी हुने गरेको बताएका थिए ।

No comments:
Post a Comment