भनिन्छ, मानिसको सबैभन्दा मिल्ने साथी कुकर हो, तर २४ वर्षीय आन्द्रे गोलोसोवको हक भने यो लागू भएन । यसका लागि सबभन्दा घनिष्ट मित्र चिता भएको छ । गोलोसोव एक पशु चिकित्साका विद्यार्थी हुन् ।
सेवा नाम गरेको चिता जन्मिए लगतै आमाको व्यबहारबाट बञ्चित थियो । समय अगावै तीन वटा बच्चा जन्मिएकोमा उपचारको अभावमा दुई वटा मरेपछि तेस्रो जसको नाम हाल सेवा राखिएको छ, उसलाई आमाले बेवास्ता गरिन् ।
त्यसपछि पशु चिकित्साका विद्यार्थी गोलोसोवले सेवालाई आमाको माया ममता दिन सक्दो प्रयास गरे । करिव ५ महिनासम्म पालेपछि गोलोसोवले सेवालाई नसर्रिमा पठाएका छन् । उनीहरुबीचमा भने अविश्वसनीय बन्धन छ आत्मियताको ।

No comments:
Post a Comment