पछिल्लोपटक गरिएको एक अध्ययनले घरमा पालिएको कुकुरलाई आफ्नो कार्यक्षेत्रमा लगेर गएमा मानिसमा तनाव कम हुने र जागीरमा सन्तुष्टि बढी प्राप्त हुने देखाएको छ । अमेरिकी अध्ययनकर्ताहरुले गरेको अध्ययनले यस्तो देखाएको हो । कार्यक्षेत्रको स्वास्थ्य व्यवस्थापन नामक अन्तर्राष्ट्रिय प्यागेजिनमा छापिएको अध्ययन प्रतिवेदनका अनुसार आफ्नो पाल्तु कुकुरलाई कार्यालयमा लगेर जाने कर्मचारीमा मनोबल उच्च हुने तथा तनावको मात्रा कम हुने गर्छ। चाहे कार्यालयमा लगिएको कुकुर आफ्नो कार्यक्षेत्रमा होस् वा त्यसलाई कार्यालयको कुनै ठाउँमा बाँधेर राखिएको होस् कर्मचारीमा स्वत: तनावको मात्र कम हुने र मनोबल उच्च हुने गरेको पाइएको अध्ययनकर्ताहरुको निष्कर्ष छ ।
भर्जिनिया युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनका क्रममा एक उत्पादन कम्पनीका कामदारको परीक्षण गरिएको थियो । पाल्तु जनावरलाई कार्यक्षेत्रमा ल्याउन दिने उक्त कम्पनीका कामदारमध्ये कुकुर साथमा नल्याउने कामदारमा तनावको मात्रा कुकुर लिएर आउने कामदारमा भन्दा बढी देखियो । झण्डै एक सातासम्म गरिएको अध्ययनका क्रममा पहिले कुकुर नल्याउने कामदारलाई पनि कुकुर ल्याउन आग्रह गरियो र त्यसपछि उनीहरुमा तनावको मात्रा जाँच गरियो । कुकुर साथमा ल्याउन थालेपछि उनीहरुमा जागिरप्रतिको सन्तुष्टि बढेको, तनावको मात्रा घटेको तथा कम्पनी र कामप्रति प्रतिबद्धता बढेको पाइएको शोधकर्ताहरुको दाबी छ ।

No comments:
Post a Comment