विद्यालय अनुगमन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ५ बैशाख ।
सुर्खेत जिल्लामा संचालित निजी विद्यालयहरुको मंगलवार अनुमगन गरिएको छ । विद्यालयहरुले प्राप्त गरेको अनुमति, शुल्क र पाठ्यपुस्तकका सम्वन्धमा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक पूर्ण रिजाल, गजेन्द्र जिसीसहित प्याव्सन, एन प्याव्सन, अभिभावक संघ र विद्यार्थी संघसंगठनका प्रतिनिधिहरुले अनुगमन गरेका हुन् ।
मंगलवार १० वटा विद्यालय अनुगमन गरिएको र केहीले अनुमतिभन्दा माथिल्लो कक्षामा भर्ना लिएकोले सो कार्य रोक्न निर्देशन दिइएको छ । उक्त कार्य नरोकेमा शिक्षा नियमावली अनुसार कारबाही हुने अनुगमन समितिले जनाएको छ ।

No comments:

Post a Comment