हामीले मोबाइल पड्किएर मानिस घाइते भएको तथा ज्यानै समेत गएका समाचार बेलाबेलामा सुन्ने गर्छौं । वास्तवमा मोबाइल पड्कनु भनेको यसमा प्रयोग गरिएको ब्याट्री पड्किनु हो । पछिल्लो समयमा विभिन्न सस्ता खालका मोबाइलमा प्रयोग गरिएका कमसल खालका ब्याट्री विस्फोट भएर यस्ता घटना हुने गर्छन् । तर कहिलेकाहीं अन्य विभिन्न खराबीले समेत मोबाइल पड्किन सक्छ । त्यसैले मोबाइल विस्फोटबाट जोगिनका लागि निम्न उपाय अपनाउनुपर्छ:
१. मोबाइल फोन खरिद गर्दा ब्याट्री कत्तिको सक्कली हो भनेर हेरेर मात्र किन्नु
होला । सस्तो पायो भन्दैमा खाली राखिएका कमसल ब्याट्री किन्नु हुँदैन ।
२. बढी तापक्रम भएको ठाउँमा मोबाइल राख्नु हुँदैन । चलिरहेको कम्प्यूटर, ल्यापटप वा टेलिभिजन सेटमाथि मोबाइल राख्नु खतरनाक हुन्छ । त्यस्तै किचेनमा आगोको नजिक पनि मोबाइल राख्नु हुँदैन ।
३. मोबाइल प्रयोग निषेध लेखिएका ठाउँमा मोबाइल प्रयोग गर्नुहुँदैन । माइक्रो वेब टावर तथा विजुलीका ठूला उपकरणको नजिक मोबाइल प्रयोग गर्न खतरनाक हुन्छ । मोबाइल फोनको सेटमा पानी पर्नबाट जोगाउनुपर्छ मोबाइलभित्र पानी पस्यो भने सट सर्किट भएर विस्फोट हुन सक्छ ।
४. चार्जिङ गरिरहेको बेला मोबाइल फोन धेरै तात्यो भने सावधान हुनुपर्छ । यदि त्यस्तो भयो भने तुरुन्त चार्जबाट निकालेर प्राविधिककोमा लगेर देखाउनुपर्छ ।
५. भोल्टेज अनियमित छ तथा पावर प्लग ठीक छैन भने भुलेर पनि मोबाइल चार्जिङ नगर्नु होस् । यस्तोमा चार्जको तल झिल्का उठ्ने र मोबाइलमा आगलागी हुने सम्भावना हुन्छ ।
६. मोबाइलको फिचर्सभन्दा त्यसको गुणस्तरमा ध्यान दिनुपर्छ । सस्तोको चक्करमा परेर कमसल मोबाइल सेट किन्नु हुँदैन । सस्तो बेसाहाले पेट लाग्छ भनेझैं त्यसले दुर्घटना निम्त्याउन सक्छ ।
No comments:
Post a Comment