नेपालगन्ज, ११ वैशाख ।
जिल्लाको राप्तीपारि बघौडा क्षेत्रका सर्वसाधारणलाई स्थानीयस्तरबाट सेवा पुर्याउन नरैनापुरमा क्षेत्रीय इलाका प्रशासन कार्यालय पुनस्र्थापना गरिएको छ । इलाका प्रशासनको जिम्मेवारी प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु सहानीलाई दिएर त्यस क्षेत्रमा सरकारी सेवा दिन पठाइएको छ । प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेलले स्थानीयस्तरबाटै सरकारी सेवासुविधा प्रदान गर्न क्षेत्रीय प्रशासन स्थापना गरिएको बताए । उनले भने, ‘दुईजना थप सहयोगी कर्मचारीलाई पठाइएको छ, कार्यालय व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ, थप कर्मचारीको माग भएमा प्रशासनले तत्काल पठाउनेछ ।’

इलाका प्रशासन कार्यालयले त्यस क्षेत्रका नागरिकलाई त्यहींबाटै नागरिकता वितरण, शान्तिसुरक्षा, उजुरी सुनवाइलगायतका सेवा प्रदान गर्नेछ । बघौडा क्षेत्र अन्तर्गत पर्ने नौ गाविसमध्ये नरैनापुर, कालाफाँटा, कटकुइँया, लक्ष्मणपुर र बैजापुर गाविस बढी विकट मानिन्छन् । त्यही गाविसका सर्वसाधारणलाई लक्ष्य गरी कार्यालय राखिएको प्रशासन कार्यालयले जनाएको छ । यसअघि पनि त्यहाँ इलाका प्रशासन कार्यालय राखिएपनि द्वन्द्वकालमा विस्थापित भएको हो ।
त्यसको एक दशकपछि त्यस क्षेत्रमा फेरि इलाका प्रशासन स्थापना गरी सेवा दिने कार्य सुरु गरिएको हो । सो क्षेत्रमा इलाका प्रशासन पुनस्र्थापना भएपछि सर्वसाधारणलाई सामान्य कामका लागि नेपालगन्ज आउनुपर्ने बाध्यता हटेको छ । सडक र यातायातको अभावले सो क्षेत्रका जनतालाई सामान्य कामका लागि सदरमुकाम आउन जान दुई दिनभन्दा बढी लाग्छ । गाउँमा नै सेवा पाउन थालेपछि सर्वसाधारण खुसी भएका छन् । नेपालगन्जबाट करिब ४५ किलोमिटर पूर्व बघौडा क्षेत्रपर्छ ।
No comments:
Post a Comment