दलितलाई वन प्रवेशमा रोक

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
मुगु, ११ बैशाख ।
    मुगुको सेरी गाविस सेरीगाउँका दलित समुदायले स्थानीय सामुदायिक वनमा काठ दाउरा र घाँसपात गर्नबाट आफूहरुलाई बन्देज लगाइएको गुनासो गरेका छन् । सेरी गाविसको वडा नं. ८ र ९ का वडामा रहेका दलितलाई २०५१ सालदेखि गैरदलितहरुले सामुदायिक वनमा रोक लगाएको दलितहरुले आरोप लगाएका हुन् ।

    भातासाइना, स्याउलीमेला, रिना, पिपलपार्टी, कालापानी र बड्डीमेला वनमा आफूहरुलाई प्रवेश निषेध गरिएको सेरी–८ का पदम परियारले गुनासो गरे ।

No comments:

Post a Comment