मप विश्वविद्यालयको बजेट ६१ करोड

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
साउनदेखि काम सुरु हुने, ८ सय दरवन्दी सिर्जना
सुर्खेत, २७ चैत ।
    मध्यपश्चिम विश्विद्यालयले आर्थिक बर्ष २०६८/०६९ का लागि करिव ६१ करोड बजेट प्रस्ताव गरेको छ । सो बजेटमा संचालनतर्फ २५ करोड २० लाख ६४ हजार र पूँजीगततर्फ ३५ करोड १६ लाख १४ हजार रहेको छ ।
    मप विश्वविद्यालयद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डीन सहप्राध्यापक पीताम्बर ढकालले यस बर्षको लागि बजेट बनाएर विश्वविद्यालय अनुदान आयोगमा पेश गरिएको जानकारी दिए । गत फागनु २८ गते आफूहरुलाई डीनमा नियुक्ति गरेलगत्तै काठमाडौंमा गइ विश्वविद्यालयका लागि आवश्यक पर्ने बजेट बनाउनतर्फ लागेको उनले बताए । त्यस्तै विश्वविद्यालयले पहिलो पटक ४ करोड २५ लाख २५ हजार रुपैयाँ आम्दानी गर्ने सम्भावनापनि रहेको बताइएको छ । त्यसको आधार भने विद्यार्थीहरुको शुल्क रहेनछ । अहिले विश्वविद्यालयको टोली बजेट, दरवन्दी, नियमावली र पाठ्यक्रम निर्माणमा जुटिरहेको जानकारी दिदैं उनले आगामी साउन महिनादेखि काम सुरु हुने जनाए ।

    आगामी असार महिनामा विश्वविद्यालय सेवा आयोग गठन हुने र साउन महिनादेखि कर्मचारी पदपूर्तिलगायत अन्य काम थालिने उनको भनाइ छ । मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षा संकाय संचालन हुने र त्यसका लागि उपकूलपतिदेखि कार्यालय सहयोगीसम्म गरी ८ सय ९ कर्मचारी दरवन्दी सिर्जना गरिएको छ । जसमा शिक्षातर्फ १००, मानविकीतर्फ ७६, व्यवस्थापनतर्फ ४४ र विज्ञान संकायतर्फ २७ गरी २५१ जना शिक्षकको दरवन्दी सिर्जना गरिएको डीन ढकालले
जनाए । विश्वविद्यालयमा सात वटा संकाय संचालन गर्ने लक्ष्य भएपनि अहिले चार वटा मात्रै चलाउने उनको भनाइ छ ।
    अहिले विश्वविद्यालयको प्रारुप तयार गर्ने कार्य जारी रहेको छ । विश्वविद्यालयमा अव क्याम्पस नभनेर एकेडेमिक स्कुल, क्याम्पस प्रमुखलाई एकेडेमिक डाइरेक्टर भनिनेछभने तीन बर्षे स्नातकलाई चार बर्षे बनाइने छ । मध्यपश्चिम क्षेत्र नदी नाला समेत प्रशस्त भएकोले जलविद्युत अनुसन्धान केन्द्र बनाउनुपर्ने प्रस्तावसमेत आफूहरुले गरेको जानकारी डीन ढकालले दिए । विश्व विद्यालयका लागि १६ वटा भवन आवश्यक पर्नेछ । ३५ करोडको बजेटबाट २ सय १ वटा कोठाका १६ वटा भवन बनाउने लक्ष्य राखिएको उनले बताए । विभिन्न संकायमा नयाँ र फरक विषयहरु राखिएको जानकारी दिदैं उनले आफूहरु काठमाडौं भएपनि विश्वविद्यालयको लागि आवश्यक पर्ने नियमावली, दरवन्दी, बजेट र पाठ्यक्रम बनाउने काममा लागिरहेको जनाए ।
    त्यस्तै अर्का डीन डा. केशरसिंह रानाले विश्वविद्यालयको प्रारुप गर्ने काम जारी रहेको जानकारी दिदैं मप विश्वविद्यालयलाई नेपालकै नमूना बनाउने कोसिस गरिएको जनाए । चार वटा संकायमा नयाँ र बैज्ञानिक विषयहरु थप गरिएको उनको भनाइ छ ।

मा

No comments:

Post a Comment