नेपालगन्ज, १४ बैशाख ।
काठमाडौंबाट अपहरण गरेर भारत पुर्याइएका कीर्तिपुर निवासी सुरेश महर्जनलाई २१ दिनपछि प्रहरीले भारतबाट सकुशल मुक्त गराएको छ । नेपाल र भारतीय प्रहरीको संयुक्त टोलीले बुधबार बिहान महर्जनलाई भारतीय क्षेत्रबाट मुक्त गराउन सफल भएको हो ।
उपत्यका अपराध अनुसन्धान महाशाखा, जिल्ला प्रहरी कार्यालय बाँके र भारतको रुपैडिहास्थित प्रहरीको टोलीले बुधवार विहान भारतको रुपैडिहा नजिकको एक गाउँबाट महर्जनलाई मुक्त गराइएको हो । महर्जनको अपहरणमा संलग्न अयोग्य माओवादी लडाकु मिलन सिंजाली र एक भारतीय नागरिकलाई समेत प्रहरीले पक्राउ गरको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।काठमाडौंबाट अपहरण गरेर भारत पुर्याइएका कीर्तिपुर निवासी सुरेश महर्जनलाई २१ दिनपछि प्रहरीले भारतबाट सकुशल मुक्त गराएको छ । नेपाल र भारतीय प्रहरीको संयुक्त टोलीले बुधबार बिहान महर्जनलाई भारतीय क्षेत्रबाट मुक्त गराउन सफल भएको हो ।
म्याट उद्योगको काम गर्ने कीर्तिपुर–२ सतुंगल निवासी महर्जनलाई गत चैत २२ गते अपहरण गरिएको थियो । उनलाई एकसाता अघिदेखि नेपालगन्ज हुंदै भारतको रुपैडिहा स्थित रामजानकी स्कुलको नजिकै रहेको दसेरा बाग गाउँको एक घरमा बन्धक बनाएर राखिएको
थियो । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रहरी निरिक्षक राजेश खड्काको नेतृत्वमा ६ जना प्रहरीको टोली नेपालगन्ज आएको थियो । सो टोली मंगलवार बेलुकी नेपालगन्ज पुगेको थियो ।
भारतीय प्रहरीसंग समन्वय गरेर भारतीय प्रहरीको सहयोग लिएर अप्रेशन गरी महर्जनलाई मुक्त गराउन सफल भएको बाँके प्रहरी प्रमुख एसपी विक्रम सिंह थापाले बताए । उनले अपहरणमा सहयोग पुर्याउने भारतीय नागरिक विनोद यादवलाई पनि पक्राउ गरिएको जनाउँदै यादवलाई भारतीय प्रहरीको जिम्मा लगाइएको बताए । भारतीय प्रहरीको सहयोगले मात्र महर्जनलाई मुक्त गराउन सकिएको एसपी थापाले बताए ।
No comments:
Post a Comment