सुर्खेत, १४ वैशाख ।
नेपाली कांग्रेसले मैनतडामा बिहीबारदेखि तीनदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पार्टीका जिल्ला सभापति तप्तबहादुर बिष्टले २० वर्षसम्म बिना प्रशिक्षण चलेको नेपाली कांग्रेस अब पुरानै शैलीमा चल्न नसक्ने बताए । उनले समयानुकूल पार्टीको नीति, सिद्धान्त र बिचारबारे कार्यकर्तालाई प्रशिक्षित गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको जनाए । पहिलो दिनको प्रशिक्षणपछि कोषाध्यक्ष गोविन्द कोइरालाले कार्यकर्ताहरुमा पार्टीबारे जान्ने ‘भोक’ जागेको आफूले पाएको बताए ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा पार्टी सभापति बिष्ट र कोषाध्यक्ष कोइरालाका साथै जिल्ला सदस्य अनन्त पौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले बोलेका थिए । उद्घाटन शत्र दलजित रसाइलीको स्वागत, टोपबहादुर खत्रीको सञ्चालन र मैनतडाका सभापति बलबहादुर बिकको सभापतित्वमा सम्पन्न भएको हो । नेपाली कांग्रेसले मैनतडामा बिहीबारदेखि तीनदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पार्टीका जिल्ला सभापति तप्तबहादुर बिष्टले २० वर्षसम्म बिना प्रशिक्षण चलेको नेपाली कांग्रेस अब पुरानै शैलीमा चल्न नसक्ने बताए । उनले समयानुकूल पार्टीको नीति, सिद्धान्त र बिचारबारे कार्यकर्तालाई प्रशिक्षित गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको जनाए । पहिलो दिनको प्रशिक्षणपछि कोषाध्यक्ष गोविन्द कोइरालाले कार्यकर्ताहरुमा पार्टीबारे जान्ने ‘भोक’ जागेको आफूले पाएको बताए ।
No comments:
Post a Comment