सुर्खेत, १४ बैशाख ।
पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका केन्द्रीय अध्यक्ष सूर्यबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर राणा यही बैशाख २० गते सुर्खेत आउने भएका छन् । दुवै पार्टीको एकता जिल्ला अधिवेशनको उद्घाटन गर्नका लागि उनीहरु सुर्खेत आउने भएका हुन् ।
निर्धारित समयमा नै शान्ति र संविधान बनाउन दवाव दिन, दिगो शान्ति कायम राखन र मुलुकमा व्याप्त महंगी, भ्रष्टाचार, बेरोजगार, संघीयतालगायत विविध पक्षमा जानकारी उनीहरुले गराउने राप्रपा/राजपा सुर्खेतका सचिव टोपबहादुर वलीद्वारा विहीवार जारी विज्ञप्तिमा जनाइएको छ । जिल्ला अधिवेशनको सफलताका लागि अहिले तीनवटै निर्वाचन क्षेत्रमा व्यापक प्रचारप्रसार गरिएको छ ।पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका केन्द्रीय अध्यक्ष सूर्यबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर राणा यही बैशाख २० गते सुर्खेत आउने भएका छन् । दुवै पार्टीको एकता जिल्ला अधिवेशनको उद्घाटन गर्नका लागि उनीहरु सुर्खेत आउने भएका हुन् ।

No comments:
Post a Comment