सुर्खेत, ९ बैशाख ।
नेपाली कांग्रेसले शनिबार लेखफर्सामामा कार्यकर्ता प्रशिक्षण भेला गरेको छ । भेलामा नेपाली कांग्रेसका युवा नेता तथा राज्य व्यवस्था समितिका पूर्व सभापति हृदयराम थानीले क्यान्टोनमेन्टमा रहेका माओवादी लडाकूका हतियार राज्यको जिम्मा गई सकेकाले अब नेपाली कांग्रेसको अगुवाईमा लोकतान्त्रिक संविधान जारी गर्ने दावी गरे ।
नेता थानीले मुलुकमा लोकतान्त्रिक शासन व्यवस्थाका लागि कांग्रेसले पटकपटक आन्दोलनको नेतृत्व गरेको चर्चा गर्दै अब पनि कांग्रेसको अगुवाई लोकतान्त्रिक संविधान जारी हुने जिकिर गरे । उनले गाउँगाउँमा गएर कांग्रेसको अभियानलाई जनतासमक्ष राख्न कार्यकर्तालाई आग्रह गरे । प्रशिक्षण कार्यक्रममा नेता थानीले शान्ति सम्झौता र वर्तमान स्थिति, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति कमलराज रेग्मीले नेपाली कांग्रेसको इतिहास, नगरसभापति देवकुमार सुवेदीले संघीयता र शासकीय स्वरुप र नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष तथा नेपाली कांग्रेस सुर्खेतका प्रेस सल्लाहकार नरेशसिंह थापाले लोकतन्त्र र प्रेस स्वतन्त्रताका बारेमा सहजीकरण गरेका थिए ।
नेपाली कांग्रेस लेखफर्साका सभापति द्रोणप्रसाद पाण्डेको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सदस्य भुपेन्द्र सुवेदी, समाजसेवी तुल्सीप्रसाद आचार्यलगायतकाले मन्तव्य राखेका थिएभने कार्यक्रममा स्वागत मोतीप्रसाद खरालले गरेका थिए ।
No comments:
Post a Comment