उद्योग बाणिज्य संघको शुभकामना आदानप्रदान

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
व्यवसायिक हितमा ध्यान दिन सुझाव
सुर्खेत, ९ बैशाख । 
सुर्खेत उद्योग बाणिज्य संघले नयाँ बर्ष २०६९ को अवसर पारेर शनिवार शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रमका सहभागीहरुले संघले व्यक्तिगतभन्दा पनि व्यवसायिक हितमा ध्यान दिन सुझाव दिएका थिए । 
एमाओवादी सुर्खेतका इन्चार्ज कृष्णप्रसाद धमलाले सुर्खेत उद्योग बाणिज्य संघले आपसी कटुता पन्छाएर सहमतिमा अगाडि बढेकोमा खुशी प्रकट गरे । उनले अहिले फुटको नभइ जुटको समय भएकोले व्यापारी र व्यवसायीहरु त्यसतर्फ अग्रसर हुनपनि सुझाव दिए । नेपाली कांग्रेसका नगर सभापति देवकुमार सुवेदीले विधि र विधानबाट अगाडि बढेर व्यवसायिक एकता कायम राख्न संघलाई आग्रह गरे । जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा संघले पुर्‍याएको योगदानको स्मरण गर्दै उनले आगामी दिनमा अग्रणी भूमिका निभाउनपनि जोड दिए । एमाले उपाध्यक्ष शिवप्रसाद उपाध्यायले यही बैशाख २५ गते हुने संघको निर्वाचन सकेसम्म सहमतिबाट गर्न सुझाव दिए । उनले व्यापारीहरुको हक र हितलाई पनि सम्बोधन गर्नुपर्ने बताए । 

कार्यक्रममा राप्रपा नेपालका अमृत राना, मजदुर किसान पार्टीका बमबहादुर शाही, झुप्रा बृहत खानेपानीका कुलमणि देवकोटा, पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतमलगायतले विगतमा जेजस्तो भएपनि नयाँ बर्षमा संघ उद्योगी व्यवसायीहरुको साझा थलोका रुपमा विकास गर्नुपर्ने, जिल्लाको सामाजिक क्षेत्रमा गरिएका कामलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिएभने संघका अध्यक्ष विष्णुबहादुर शाहीले व्यवसायिक एकता, सहमतिका साथ अगाडि बढी जिल्लाको आर्थिक र सामाजिक कामलाई पनि संघले अंगिकार गर्ने बताए । 

No comments:

Post a Comment