सहकार्य गर्ने सहमति भएको छ: एमाले र माओवादी
पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्न थाले: व्यापारीहरु
पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्न थाले: व्यापारीहरु
सुर्खेत, २४ चैत ।
केही दिन यता देखिएको सुर्खेत उद्योग बाणिज्य संघको विवादमा अन्तत: राजनीतिक दलहरुले प्रत्यक्ष हस्तक्षेप गरेका छन् । पार्टी निकटका उद्योग व्यापार संघसंगठन वीच भएको कामकारबाहीप्रति दलहरुले यसअघि प्रत्यक्षरुपमा मुख खोलेका थिएनन् । तर शुक्रवार भने नेकपा एमाले र एकीकृत नेकपा माओवादीको जिल्लास्थित शीर्ष नेतृत्वले नै मुखै खोलेर बोलेका छन् ।
केही दिन यता देखिएको सुर्खेत उद्योग बाणिज्य संघको विवादमा अन्तत: राजनीतिक दलहरुले प्रत्यक्ष हस्तक्षेप गरेका छन् । पार्टी निकटका उद्योग व्यापार संघसंगठन वीच भएको कामकारबाहीप्रति दलहरुले यसअघि प्रत्यक्षरुपमा मुख खोलेका थिएनन् । तर शुक्रवार भने नेकपा एमाले र एकीकृत नेकपा माओवादीको जिल्लास्थित शीर्ष नेतृत्वले नै मुखै खोलेर बोलेका छन् ।
एमाले अध्यक्ष नवराज रावत र माओवादी इन्चार्ज कृष्णप्रसाद धमला ‘गम्भीर’ले शुक्रवार संयुक्त विज्ञप्ति प्रकाशित गरी संघको निर्वाचनलगायत अन्य विषयमा दुवै पार्टीवीच सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । केही दिन अघि मात्रै माओवादी निकट राष्ट्रिय उद्योग व्यापार संगठन र कांग्रेस निकट प्रजातान्त्रिक व्यापार संघवीच कार्यगत एकता गरेर अगाडि बढ्ने सहमति भएको थियो । उक्त सहमतिलाई काटेर एमाले र माओवादी पार्टी नेतृत्वले भने दुवै पार्टीवीच सहमति, सहकार्य र एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएपछि दलहरुले आ–आफ्नो प्रत्यक्षरुपमा मुख खोलेका हुन् ।
विज्ञप्तिमा एकतर्फी रुपमा गरिएको निर्णयमा आगामी बैशाख १२ गते संघको निर्वाचनको मिति तोकेर समग्र व्यापारबीच फुट र अराजकताको वातावरण बनाउने कामप्रति आपत्ति जनाउँदै निर्वाचनजस्तो विषयमा सहमतिबाट अगाडि नबढी निजी क्षेत्रलाई आपसमा लडाउने प्रवत्तिले एकतामाथि ठेस पुग्ने बताइएको छ । संघको निर्वाचनलगायत अन्य विषय र बृहत्तर व्यापारिक एकताका लागि एमाले र माओवादी सहकार्य र एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएकोले यस एकतामा समाहित हुने आग्रह गरिएको छ ।
पार्टीहरुले प्रत्यक्ष रुपमा मुख खोलेपछि उद्योगी व्यापारीहरुले पार्टीले सोझै हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष मदन खड्काले विशुद्ध व्यापारीहरुवीच भएको सहमतिमाथि पार्टीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । उनले प्रजातन्त्रवादी व्यापार संघवीच भएको सहमतिको आधारमा नै आफूहरु अगाडि बढ्ने बताउँदै पार्टीको हस्तक्षेप स्वीकार्य नहुने जनाए ।
यस्तै प्रजातान्त्रिक व्यापार संघका उपाध्यक्ष मोतीप्रसाद कँडेलले पनि व्यापार संघसंगठनवीच भएको सहमतिप्रति पार्टीले हस्तक्षेप गरेकोमा आपत्ति जनाए । पार्टीले प्रत्यक्षरुपमा हस्तक्षेप गर्न नहुने बताउँदै उनले राष्ट्रिय उद्योग व्यापार संगठनवीच भएको सहमति अनुसार नै आफूहरु अगाडि बढ्ने उल्लेख गरे । संघको विवादमा दलहरुको अप्रत्यक्ष निर्देशन रहेको गुनासो उठिरहेका बेला एमाले र माओवादीले भने पहिलो पटक खुलेरै अगाडि बढ्ने बताएपछि दलहरुले प्रत्यक्षरुपमा हस्तक्षेप गर्न थालेको अड्कल गर्न थालिएको छ ।
No comments:
Post a Comment