सुर्खेत, २४ चैत ।
मरी मेटेर नागरिकलाई सूचना दिने पत्रकारहरुको सुरक्षा राज्यले दिन नसकेकोमा सुर्खेतमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आक्रोश पोखेका छन् । प्रेस चौतारी नेपाल सुर्खेतको भेलाको उद्घाटनको क्रममा सहभागीहरुले समाचार लेखेका कारण पत्रकारहरुको हत्या भइरहेका बेला राज्यले सुरक्षा दिन नसकेको जनाएका हुन् ।

पत्रकारहरु बाँच्न धौ–धौ भएरपनि जनतालाई सु–सूचित हुने कर्तव्यमा लागिरहेपनि राज्यले पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गर्न नसकेको जनाए । प्रेस चौतारी नेपालका केन्दं्रीय सचिव लक्की चौधरीले मेरीमेट्ने पत्रकारहरुको भौतिक, पेशागत सुरक्षा गर्न राज्य असफल भएको बताए । उनले केही पत्रकार बाध्यताले अन्य काम गर्न बाध्य भएको बताउँदै यदि पेशागत सुरक्षा, भौतिक सुरक्षाको व्यवस्था गर्न सके पत्रकारहरु अझ क्रियाशील हुने बताए ।
प्रेस चौतारीका केन्द्रीय कोषाध्यक्ष अक्षरी पोख्रेलले पत्रकारहरुको कलम सत्यतथ्यमा रहे असुरक्षामा कमी आउने बताइन् । उनले अहिलेको सरकार दण्डहीनता बढाउन मात्रै लागेकोले पत्रकारको हत्या हुँदासमेत सत्यतथ्य सार्वजनिक गर्न नसकेको आरोप लगाइन् ।
पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतमले पत्रकारिता पेशामा आकर्षण भएपनि अझ चुनौतीपूर्ण हुँदै गएको बताए । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य यज्ञराज थापा, प्रेस युनियनका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, नेकपा एमाले सुर्खेतका प्रचारविभाग प्रमुख टेकेन्द्र बस्नेतलगायतले पत्रकारहरुको भौतिक सुरक्षा, पेशागत मर्यादाको वारेमा बोलेका थिए ।
प्रेस चौतारी सुर्खेतका अध्यक्ष युवराज शर्माको सभापतित्वमा उद्घाटन सत्र भएको थियोभने चौतारीले पत्रकारको भौतिक सुरक्षासहितको ७ बुँदे घोषणापत्र पारित गरेको छ ।
No comments:
Post a Comment