च्याउ खेती तालिम

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २६ चैत ।
    भैरव टोल विकास संस्था भैरवस्थान–४ को आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको प्रायोजनामा दुई दिने च्याउ खेती तालिम आइतवार सकिएको छ । तालिम समापनको अवसरमा नेपाली कांग्रेसका देवकुमार सुवेदीले आत्मनिर्भर बन्न यस्ता तालिमले सघाउने बताएभने सहभागी मायाकुमारी विसी, दुर्गा बास्तोलाले समेत बोलेकी थिइन् ।

    यस्तै शनिवार उद्घाटन गरिएको सो तालिममा वीरेन्द्रनगर नगरपालिकाका प्रशासन  तथा अनुगमन अधिकृत प्रकाश पौडेल, एमाओवादीका गंगाराम तिमिल्सेना, एमालेका पूर्णप्रसाद पौडेल, बरिष्ठ सामुदायिक परिचालक ज्योति केसीले स्वरोजगारको सिर्जना गरी गरिवी न्यूनीकरण गर्न तालिमले सहयोग पुग्ने बताएका थिए । संस्थाका अध्यक्ष सरिता भुसालको सभापतित्वमा भएको कार्यक्रमको संचालन टोल विकास संस्थाका सदस्य पूर्णप्रसाद भुसालले गरेको थिए । ६२ जनाको सहभागिता रहेको तालिमको सहजीकरण थानेश्वर गौतमले गरेका थिए ।

No comments:

Post a Comment