धनगढी, २६ चैत ।
एकीकृत नेकपा (माओवादी)को वैद्यपक्षका कार्यकर्ताले आइतवार धनगढीस्थित पार्टी कार्यालय तोडफोड
गरी सम्पूर्ण कागजात जलाएका छन् ।
एकीकृत नेकपा (माओवादी)को वैद्यपक्षका कार्यकर्ताले आइतवार धनगढीस्थित पार्टी कार्यालय तोडफोड
गरी सम्पूर्ण कागजात जलाएका छन् ।
उनीहरूले कार्यालयमा रहेका दुईवटा कम्प्यूटर, प्रिन्टर, फ्याक्सलगायतका सामग्रीसमेत आफूसंगै लिएर गएका छन् ।
बिहान २०/२५ जनाको समूहमा आएका कार्यकर्ताले धनगढीको बुद्धचोकस्थित रहेको कार्यालयको ताला फोडेर सम्पूर्ण कागजात सडकमा ल्याई जलाएका हुन् । वैद्यपक्षकै समूहले क्याम्पस रोडस्थित नगर पार्टी कार्यालयको कागजातसमेत नियन्त्रणमा लिएर तालाबन्दी गरेको छ ।
संस्थापनपक्ष सत्तालिप्सामा फसेको, क्रान्तिकारी धार छोडेको, जनभावना विपरित सन्धि–सम्झौता गरेको भन्दै वैद्यपक्षले कार्यालय तोडफोड गरेको बताइएको छ । सोही क्रममा उनीहरूले पार्टीको आर्थिक हिसावकिताव सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका थिए ।
यसैबीच शनिबार भएको झडपको
विरोध जुलुस निकाल्ने तयारी गरिरहेका वैद्यपक्ष र संस्थापनपक्षका कार्यकर्ताबीच क्याम्पसचोकमा झडप भएको छ । सो झडपमा परी संस्थापनपक्षका गणेश भण्डारी, शेरु थापा, रामबहादुर चौधरी र धिरज नेपाली घाइते भएका छन् । वैद्यपक्षले संस्थापन पक्षको से २ प २६६७, से २ प ६९१२ र से २ प ५२९६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको बताइएको छ ।
मा
No comments:
Post a Comment