सुर्खेत, २६ चैत ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेतले हालैमात्र विद्याबारिधि हासिल गरेका डा. महेन्द्रकुमार मल्ललाई अभिनन्दन एवं सम्मान गरेको छ । आइतवार एक कार्यक्रमको आयोजना गरी उनलाई अभिनन्दन गरिएको हो । मल्लले त्रिभुवन विश्वविद्यालयबाट आधुनिक नेपाली उपन्यास मिथक शीर्षकमा विद्याबारिधि हासिल गरेका थिए ।
सम्मान ग्रहण गर्दै डा. मल्लले आफू सुर्खेतको विकासमा सधैं कटिवद्ध रहने प्रतिवद्धता जनाएका थिए । उनले आफूलाई बाहिरबाट थुप्र अवसर आएपनि आफ्नो जिल्ला बाहेक अन्यत्र नजाने बताए । नेपाली साहित्य र कलाको विकासका लागि सदैव लागिरहने पनि उनले बचन दिए । कार्यक्रममा अधिवक्ता एवं प्रतिष्ठानका कानुनी सल्लाहकार प्रेमध्वज शाही, बरिष्ठ नृत्य निर्देशक कूलमान नेपाली, संरक्षक सल्लाहकार टिकाराम चपाईं, कर्मचारी युनियनका अध्यक्ष नृपजंग शाहीलगायतले शुभकामना दिएका थिए । प्रतिष्ठानका अध्यक्ष यज्ञबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा स्वागत खेमराज उपाध्यायले र संचालन महासचिव हरिहर बस्नेतले गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेतले हालैमात्र विद्याबारिधि हासिल गरेका डा. महेन्द्रकुमार मल्ललाई अभिनन्दन एवं सम्मान गरेको छ । आइतवार एक कार्यक्रमको आयोजना गरी उनलाई अभिनन्दन गरिएको हो । मल्लले त्रिभुवन विश्वविद्यालयबाट आधुनिक नेपाली उपन्यास मिथक शीर्षकमा विद्याबारिधि हासिल गरेका थिए ।
No comments:
Post a Comment