सुर्खेत, १० बैशाख ।
नेपाल आदिवासी जनजाति महासंघ पनि आन्दोलनमा उत्रिएको छ । महासंघ सुर्खेतले आइतवार पत्रकार सम्मेलन गरी केन्द्रीय कार्यक्रम अनुसार आन्दोलनमा उत्रिएको जनाएको हो । जस अनुसार आज सोमवार सुर्खेतसहित देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गर्ने संघका अध्यक्ष मोहनबहादुर गुरुङले बताए । अपरान्ह ५ बजे मसाल जुलुस सुरु भइ ६ बजे कोणसभामा परिणत भएर समापन गरिने उनको भनाइ छ ।

यस्तै भोलि मंगलवार तराई बन्दको आव्हान गरिएको छ । जातीय पहिचानको आधारमा राज्यको पुनर्संरचना सुनिश्चित गर्नुपर्ने, सात प्रदेश अस्वीकार्य, आदिवासी जनजातिहरुको पहिचानको आधारमा प्रस्तावित प्रदेशहरुको संख्या घटाउन नहुने, हिमाल पहाड तराई मिलाएको प्रदेश स्वीकार्य नहुने माग उनीहरुले उठाएका छन् । यस्तै जेठ १४ गतेभित्र संविधान जारी गर्नुपर्ने, आदिवासी जनजातिको स्वशासन र आत्मनिर्णयको अधिकार सुनिश्चित गर्नुपर्ने, अपुरो अधुरो र संक्षिप्त संविधान जारी नगर्नलगायतका मागहरु राखी आदिवासी जनजाति महासंघ आन्दोलनमा उत्रनुपरेको जानकारी अध्यक्ष गुरुङले दिए । नेपाल बन्दसहितको कार्यक्रमहरु दोस्रो चरणमा तय गरिने उनको भनाइ छ । आफूहरुको आन्दोलनलाई सफल बनाउन महासंघ सुर्खेतले सवैसंग आग्रह गरेको छ ।
No comments:
Post a Comment