सुर्खेत, १० बैशाख ।
राष्ट्रिय जनमोर्चा सुर्खेतको अध्यक्षमा धनप्रसाद देवकोटा चयन भएका छन् । शुक्रवार र शनिवार सम्पन्न पार्टीको दोस्रो जिल्ला सम्मेलनले देवकोटाको अध्यक्षमा बैकल्पिक र सल्लाकारसहित २१ सदस्यीय समिति चयन गरेको हो ।
राष्ट्रिय जनमोर्चा सुर्खेतको अध्यक्षमा धनप्रसाद देवकोटा चयन भएका छन् । शुक्रवार र शनिवार सम्पन्न पार्टीको दोस्रो जिल्ला सम्मेलनले देवकोटाको अध्यक्षमा बैकल्पिक र सल्लाकारसहित २१ सदस्यीय समिति चयन गरेको हो ।
पार्टीले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी नयाँ कार्यसमितिको नामावली र आगामी कार्ययोजनाको घोषणासमेत गरेको छ । सम्मेलनले उपाध्यक्षमा कृष्णा रावल, सचिवमा लालबहादुर नेपाली, सहसचिव दीपेन्द्र उपाध्याय, कोषाध्यक्ष वेदप्रकाश रावल र सदस्यहरुमा खलबहादुर सुनार, राकेश बसेल, प्रेमबहादुर ठाडा, भुपेन्द्र नेपाली, विष्णु शर्मा र किशोर पोख्रेललाई चयन गरेको छ ।
यस्तै लक्ष्मी सुनार, हेमराज शर्मा, गीता आचार्य, नरेश पुरी र मानबहादुर बडवाल बैकल्पिक सदस्य तथा बालकृष्ण सुनार, मोतीप्रसाद मिदुन, शेरबहादुर परियार, मोहन थापा र थानेश्वर तिवारी सल्लाहकार समितिमा चयन भएका छन् । सुर्खेतलाई पाँच क्षेत्रमा विभाजन गरी इन्चार्जहरुसमेत चयन गरिएको छ । सिम्ता क्षेत्रमा प्रेम ठाडा, चिंगाड क्षेत्रमा कृष्णा रावल, भेरी क्षेत्रमा भुपेन्द्र नेपाली, मध्य क्षेत्रमा लालबहादुर नेपाली र पश्चिम क्षेत्रमा दीपेन्द्र उपाध्यायलाई इन्चार्ज तोकिएको छभने संगठन विभागमा धनप्रसाद देवकोटा, प्रचारमा किशोर पोख्रेल र आर्थिक विभागमा बेदप्रकाश रावललाई जिम्मेवारी दिइएको जानकारी पत्रकार सम्मेलनमा गराइएको छ ।
नवनिर्वाचित अध्यक्ष धनप्रसाद देवकोटाले पार्टीले निर्धारण गरेका नीति नियम र संघर्षका कार्यक्रमलाई तल्लो तहसम्म पुर्याउने, ५० वटै गाविसहरुमा संगठन विस्तार गर्ने र जनताको जनजीविकाका सवालहरुलाई प्राथमिकता दिने योजना रहेको जनाए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले पार्टीले अगाडि सारेको संघीयता विरोधी अभियान सशक्त हुदैं गएको बताउँदै पार्टीले संघीयताको खारेजी, स्थानीय निकायको निर्वाचन हुनुपर्ने र जेठ १४ गतेभित्रै संविधान आउनुपर्ने बताए ।
पार्टीका केन्द्रीय सदस्य रत्न विक्रम प्यासी र निवर्तमान अध्यक्ष बालकृष्ण सुनारले नयाँ कार्यसमिति अझ जुझारु भएकोले जिल्लाको राजनीतिक बृतमा पनि आफूलाई उभ्याउन सफल हुने बताएका थिए ।
No comments:
Post a Comment