![]() |
| पदम दाहाल |
आज ५५ औं राष्ट्रिय सहकारी दिवस नेपालभर भव्यरुपमा मनाइंदै छ । यो एउटा उत्सब नै हो । नेपालमा विभिन्न प्रकृतिका गरी पुगनपुग २४ हजार सहकारी संस्थाहरु छन् । एकवर्ष पहिला आजकै दिन २०६७ चैत ३० गते अथवा चैत मसान्तसम्मको रेकर्डलाई हेर्ने होभने १० हजार ५ सय ५८ बचत सहकारी, ४ हजार ९६ बहुउद्देश्यीय, ३ हजार १ सय ४४ कृषि, १ हजार ७ सय ४८ दुग्ध उत्पादक, १ सय ६१ तरकारी र फलफूल १ सय ४ चिया, ६७ कफी, ७३ जडिबुटी, ५१ मौरीपालन, १ हजार ३ सय ७९ उपभोक्ता, ३ सय ७१ विद्युत, ६१ स्वास्थ्य र ८३३ अन्य गरी जम्मा २२ हजार ६ सय ४६ वटा सहकारी संघसस्था रहेको कुरा सहकारी विभागको तथ्यांकले देखाएको थियो भने सदस्यहरुमा ११ लाख ९९ हजार ७ सय ३८ महिला र १७ लाख ६३ हजार ३ सय ७६ पुरुष गरी जम्मा सदस्य संख्या २९ लाख ६३ हजार १ सय १४ रहेको थियो । २० अर्व १९ करोड ६२ लाख ७३ हजार ८ सय २६ शेयर पुँजी १ खर्ब २१ अर्व ८३ करोड १३ लाख ५९ हजार ३ सय ९३ र लगानी १ खर्ब ५ अर्व ४५ करोड, ३५ लाख ६९ हजार १ सय ६४ आम्दानी ५ अर्व ३१ करोड ८० हजार २ सय २६ खर्च २ अर्व ८९ करोड ७३ लाख ८ हजार ३७ को छभने यसवर्षको हिसाब र तथ्यांक पनि अब केही दिनमा सहकारी विभागले सार्वजनिक गर्ला नै ।
सुर्खेतको सहकारी क्षेत्रले गरेको सम्पूर्ण विवरण पनि उल्यख गर्दा फरक नपर्ला यो पनि २०६७ चैत मसान्तसम्म को नै हो जसमा बचत संख्या १ सय २९, बहुउद्देश्यीय ११२, उपभोक्ता ३, कृषि ८४, जडिवुटी १०, दुग्धउत्पादक २०, विद्युत २, स्वास्थ्य १, मौरीपालन १, र अन्य २१ रहेकोमा हाल जम्माजम्मी ४ सय २६ पुगेको देखिन्छ यो असार मसान्त २०६८ सालको हो । बचत १४४, बहुउद्देश्यीय १ सय १२, कृषि १ सय ७, सानाकिसान १२, दुग्ध २१, विद्युत ३, स्वास्थ्य १, उपभोक्ता ३, जडिबुटी १०, संचार ४, मौरी १, शैक्षिक १, घरेलु ३, संघहरु ४ देखिएका छन् । यसरी हेर्ने होभने अनुमान लगाउन सकिन्छ कि सहकारी संघसंस्था र शेयर सदस्यको संख्या दिनानुदिन बढेकै छन् झन् सरकारले देशको अर्थतन्त्रलाई तीनखम्बे अर्थनीति भनेपछि सरकारी क्षेत्र चर्चाको चुलीमा छ । यसैले आज नेपालीहरुले कुनै न कुनै सहकारी संघसंस्थामा आवद्ध भइ यो ५५ औं राष्ट्रिय सहकारी दिवस धुमधामले मनाइ रहेका हुनेछन् । देशमा सहकारी संघसस्थाको संख्या बढेको भएतानि स्पष्ट सहकारी नीति नभयकै कारण र गैरउत्पादन क्षेत्रमा लगानी भएकै कारण सहकारी क्षेत्रले लिनुपर्ने गुणात्मकता लगेको देखिदैन यसैलाई मध्यनजर गरेर सहकारी विज्ञ सहकर्मीहरुको राय सल्लाहाबाट हालै राष्ट्रिय सहकारी विकास बोर्डले नीति बनाइ कृषि तथा सहकारी मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पेश गरेको जानकारी सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले जानकारी दिएका छन् । सहकारीको विकास प्रबद्र्धनका लागि सहकारीकै करबाट सहकारी विस्तार सहकारी विकास कोषको स्थापना समेत गर्ने उक्तनितिमा रहेको छ । माथि उल्लेखित २४ हजार सहरकारीमा ३० लाखभन्दा बढी शेयर सदस्य र रु. १ खर्ब निक्षप रहेको कुरापनि सहकारी विभागले भनेको छ । अन्य विषयगत सहकारीहरुका जिल्ला र केन्द्रीय संघ भयता पनि बहुउद्देश्यीयहरुको जिल्ला र केन्द्रीय संघ नभैरहेको अबस्थामा हालै उक्त संघ पनि गठन भैसकेको र केही दिनमा दर्ता हुने कुरा पनि चर्चा चल्न थालेको छ ।
नेपालमात्र होइन यसवर्ष त विश्व नै सहकारीमय भएको छ । सयुक्त राष्ट्रसंघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणाले सहकारीकर्मीलाई कार्यक्रम गर्न भ्याइ नभ्याइ भैरहेको छ । विश्वमा यसवर्षसम्म तीन अर्ब मानिस सहकारीका सदस्य बनिसक्ने अनुमान छ । सहकारी व्यवसायद्वारा समृद्ध विश्व निर्माण भन्ने मुल नारा यसवर्षको अन्तर्राष्ट्रिय सहकारी वर्ष सन् २०१२ को नारा हो । सातजना मानिसले आपसमा मिली उठाइरहेको घनमिटर आकारको बाकस नै अन्तर्राष्ट्रिय सहकारी वर्षका लोगो हो । सहकारी अन्तर्राष्ट्रिय समुदायका लागि एकसाथ अर्थिक सम्भाव्यता र सामाजिक उत्तरदायित्व खोज्न सम्भव छ भन्नेकुराको धोतक हो भन्ने महासचिव वानकी मुनको भनाइ हो राष्ट्रसंघका महासचिवको यस्तो भनाइले सहकारीले महत्व पाएको वर्ष हो । तीनवटा क्षेत्रलाई महत्वका साथ उठाएर यसवर्षलाई सहकारी वर्ष घोषणा गरिएको छ जसमा पहिला त सहकारी अर्थ व्यवस्थाका बारेमा सर्वसाधारणमा चेतना अभिवृद्धि गर्ने दोस्रो सहकारी क्षेत्रको पहुँचमा अभिवृद्धि गर्ने तेस्रो सहकारी अर्थव्यवस्थाको विकास विस्तार उपयुक्त नितिको निर्माण आवश्यकता अनुसार कानुनको परिमार्जन र निर्माण गर्ने हो ।
यिनैकुराका लागि मिति २०६८ साल पौष १२ गते बसेको अन्तर्राट्रिय सहकारी वर्ष सन् २०१२ राष्ट्रिय समितिको पहिलो बैठकले विभिन्न निर्णय गरी नेपालले पनि यो अन्तर्राष्ट्रिय सहकारी वर्ष सन् २०१२ लाई मनाउने भएको हो ३० वटा बुँदामा रहेका महत्वपूर्ण क्रियाकलाप छन् । यसको वर्गीकरण गर्ने होभने सयौं पनि पुग्न सक्ने देखिन्छ । नेपालले सहकारीको औपचारिक मिति २०१३ चैत २० गतेलाई मानी आएको छ त्यही मितिले यसवर्ष ५५ औं राष्ट्रिय सहकारी दिवस पनि सहकारी व्यवसायमार्फत समृद्ध नेपाल निर्माण भनेर तय गरेको छ । तर नारा अनुसारको पारा भएको भए सहकारी मात्र होइन सम्पूर्ण नेपालकै विकास हुने थियो ।
यस्तै सहकारी सदस्यता पनि सस्तो भएको छ । सहकारी संघसंस्था छन् सहकारीमा सहकार्यको खडेरी परेको भान हुन थालेको छ सहकारीको मर्ममाथिनै ठूलो चोट परेको छ सहकारी सहकारीवीच अस्वस्थ प्रतिस्पर्दा हुन थालेको आभास पाइन्छ भने सहकारी व्यवसायले गतिलिन सकेको छैन सहकारीमार्फत उद्योग होइन सहकारीलाई उद्याग बनाइ रहेको अवस्थाले ठाउँ पाउला जस्तो छ । यसैले यस्ता सहकारी दिवस पर्वबाट भय पनि जनमानसमा सहकारीको सही र ठोस परिभाषा बुझ्न बुझाउन अतिआवश्यक भैसकेको छ । सहकारीका सिद्धान्त सबै देशमा एकै छन् मूल्यमान्यता एकै छन् संसारका सबै सहकारीका झण्डा एकै किसिमका छन् यसैले सहकारी भनेको सबैदेशमा एकै किसिमले संचालन हुने र साइन बोर्ड समेत एकै रंगका बनाएर एकरुपता दिनुपर्ने देखिन्छ ।
सहकारीकै प्रचार प्रसारका लागि विकास क्षेत्रका आधारमा सहकारी सम्बन्धी सहकारी कार्यालयब वा जिल्ला सहकारी संघको प्रांगणमा ५ वटा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ नेपाल जनाउने स्मारिका निर्माण गर्ने सहकारी वर्षकै अवसरमा सहकारी सम्बन्धी पुस्तक पत्रपत्रिका प्रकासीत गर्ने लेख रचना, पुस्तकका लेखकहरुलाई पुरुषकृत गर्ने जस्ता कार्य गर्ने कार्यक्रमहरुनै यस अवधिमा हुनेछन् । यतिमात्र होइन यसैवर्ष नेपाल सरकारले सहकारी वर्ष सन् २०१२ को सन्दर्भमा सहकारी नारा र लोगो अंकित रु. ५० र रु. १०० का सिक्का मुदर्णका लगि राष्ट्र बैंकलाई समेत निर्देशन दिएको छ अनुरोध गरेको छभने अन्तर्राष्ट्रिय सहकारी वर्ष अंकित नारा र लोगो यसवर्ष हुलाक टिकटमा समेत राख्ने कार्य सुरु हुनेछ । सन् २०१२ लाई सफल पार्न राष्ट्रय सहकारी संघ लि. ले सहासम्मेलन समेत यसैवर्ष गर्ने छ । यसरी सहकारी वर्ष सन् २०१२ हामी सबैका लागि अवसर र महत्वको वर्ष सावित हुने देखिन्छ ।
(लेखक जिल्ला बचत तथा ऋण सहकारी संघ सुर्खेतका अध्यक्ष हुन् ।ं)

No comments:
Post a Comment