सुर्खेतपत्र संवाददाता
सुर्खेत, २१ चैत ।
नेपाली कांग्रेस तरंगा गाउँ कार्यसमितिले मंगलवार कार्यकर्ता भेटघाट गरेको छ । गाउँ कार्यसमितिका कार्यबाहक सभापति दीर्घबहादुर कठायतको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्टले शान्ति र संविधान अहिलेको आवश्यकता भएकोले कांग्रेसपनि त्यसैमा अग्रसर भएको बताए । उनले गाउँको विकासमा सक्रिय हुनसमेत कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा पूर्व क्षेत्रीय सभापति भीष्म हमाल, धर्मराज विक, नैनसिंह भण्ठारी, झुमा बडुवाल, वीरबहादुर रोकाय, ललित विकलगायतले बोलेका थिए ।
No comments:
Post a Comment