सुर्खेतपत्र संवाददाता
सुर्खेत, २१ चैत ।
जुम्लास्थित होटलमा सुतिरहेका ना २ ख ३८०४ नम्बरका चालक, कण्डक्टर र हेल्परलाई सोमवार राती कर्णाली यातायात सम्वद्ध कर्मचारीहरुले कुटपिट गरेकोमा नेपाल यातायात मजुदर संघ इकाई समिति सुर्खेतले विरोध जनाएको छ ।
समितिका अध्यक्ष चेतन भट्टराईले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी ६/७ जनाको संख्यामा आएका उनीहरुले चालक मोतीलाल खड्कालाई हतियार प्रहार गरी घाइते बनाएको र उनको अहिले जुम्ला अस्पतालमा उपचार भइरहेको उल्लेख छ । दोषीहरुलाई कडा कारबाही हुनुपर्ने माग गर्दै विज्ञप्तिमा पीडितलाई औषधि उपचारको व्यवस्था मिलाउनपनि आग्रह गरिएको छ । यदि कारबाही नभए मजदुर समितिले कडा संघर्ष गर्ने जनाइएको छ ।
No comments:
Post a Comment