रावणसँग डराए छवि दम्पती

Bookmark and Share 
निर्माता छवि ओझा चलचित्र राम्रो बनाउने निर्माताको रुपमा चिनिन्छन् । उनले बनाएका चलचित्रहरु चर्चित पनि छन् । तर छवि ओझाको एउटा बानी अचम्मको नै छ, उनले सिनेमा बनाएको न त कसैलाई थाहा हुन्छ न त उनको सिनेमा रिलीज अघि उनले कुनै कार्यक्रम नै गर्दछन् । उनले बनाएका आजसम्मका सिनेमाको प्रेस शो वाहेक अन्य कुनै कार्यक्रमको आयोजना गरिएको देखिंदैन । रेखा फिल्मस्को ब्यानरमा तयार भएको चलचित्र अजम्वरी नाता, हिम्मत, किस्मत, हिफाजत, कसले चोर्‍यो मेरो मनको रिलीज अघि कुनैपनि कार्यक्रम आयोजना गरिएको थिएन । छविसंग आत्मविश्वास थियो कि उनले बनाएको सिनेमा हेर्न दर्शक हलमा पुगिहाल्छन् । छवि पत्नि रेखा थापा मात्र सिनेमाको प्रचारका लागि विभिन्न ठाउँमा पुगेको देखिन्थ्यो । तर, उनीहरुले बनाएको छैठौं चलचित्र रावणमा भने अचम्मै भएको छ ।

रावणको रिलीज समयको करिब एक साताअघि छविराज ओझाले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । काठमाडौंमा आयोजना गरिएको यो पत्रकार सम्मेलन सम्भवत रेखा फिल्मस्को ब्यानरमा तयार भएका सिनेमाको बारेमा जानकारी दिन आयोजना गरिएको पहिलो पत्रकार सम्मेलन हुनसक्छ । सिनेमा रिलिज हुनुअघि छविले पत्रकारलाई नै बोलाएर कुनै कार्यक्रम आयोजना गरी यसरी जानकारी गराएका थिएनन् । आखिर, रावण सिनेमाका लागि भने छवि दम्पत्ती किन यो कार्यक्रमको आयोजना गर्न बाध्य भए त ? नेपालमा यतिबेला फरक धारमा सिनेमा चलिरहेका छन् । लुट, चपलीहाइट जस्ता सिनेमा चलेपछि छविराज ओझा डराएका कुराहरु पनि बाहिर नआएको होइनन् । 
अब, उनलाई आफूले निर्माण गरेको चलचित्र ‘रावण’ नचल्ने हो कि भन्ने पिरले सताएको छ । यसकारण,उनले जसरी हुन्छ सिनेमाको बारेमा बढी चर्चा गर्न खोजिरहेका छन् । सायद यसै कारणले हुनसक्छ, छविले पत्रकारलाई नै बोलाएर सिनेमाको बारेमा जानकारी दिएका । रेखा फिल्मस् नेपालमा चर्चित ब्यानरको रुपमा चिनिन्छ । प्राय: व्यवसायिक सिनेमा बनाउने छविराज ओझालाई मुलधारका सिनेमा चल्न छोडेको पीरले सताएको देखिन्छ । यसैले, उनले यसभन्दा अघि नगरेको काम यसपटक गरेका छन् । हेरौ, छविले गरेको यो पत्रकार सम्मेलनले कत्तिको काम गर्ने हो उनको सिनेमा चलाउन । चलचित्र रावण यही चैत्र २७ गतेबाट मोफसलका हल र वैशाख १ गतेबाट काठमाडौंका हलमा लाग्दैछ । यदि रावण सिनेमाले पनि व्यवसायिकरुपमा असफलता भोग्यो भने नेपाली सिनेमाको धार परिवर्तन भएको पक्का हुनेछ ।

No comments:

Post a Comment