कलाकारहरुको अभूतपूर्व जमघट
सुर्खेत, ७ बैशाख ।
राष्ट्रिय चलचित्र महोत्सव आज (शुक्रवार) देखि सुर्खेतमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव सचिवालयले विहीवार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
राष्ट्रिय चलचित्र महोत्सव आज (शुक्रवार) देखि सुर्खेतमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव सचिवालयले विहीवार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
महोत्सव मूल तयारी समितिका संयोजक एवं चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले महोत्सवले सुर्खेतको कला संस्कृतिमा नयाँ आयाम जोड्ने बताए । उनले महोत्सव सफल बनाउन गठन गरिएका विभिन्न उपसमितिहरुले काम पूरा भएको र कलाकारहरु आउने क्रम सुरु भइसकेको जानकारी दिए ।
महोत्सव उद्घाटनका लागि सूचना तथा संचारमन्त्री राजकिशोर यादव, पर्यटन मन्त्री लोकेन्द्र विष्ट र शान्ति मन्त्री सत्या पहाडीबाट गरिने उनले बताए । महोत्सवमा चलचित्रका हस्तीहरुको उल्लेख्य सहभागिता हुने दावी गर्दै उनले काठमाडौं केन्द्रीत महोत्सव सुर्खेतमा आयोजना गरेर बोर्डले ठूलो उपलव्ध हासिल गर्ने दावी गरे । कलाकार देखि निर्माता, निर्देशकलगायतको ठूलो जमघट हुने महोत्सवले जनाएको छ ।
यस्तै महोत्सव सचिवालय निर्देशक गोविन्द कोइरालाले कलाकारहरुलाई सुर्खेतीहरुले सभ्य र न्यानो आतिथ्यता प्रदान गरिने बताए । उनले सुर्खेतको हर्रेदेखि वीरेन्द्रनगरसम्म स्वागतद्वार, व्यानरले झकिझकाउ भएको जानकारी दिदैं महोत्सव सफल हुनेमा विश्वास गरे । बैशाख १० गतेसम्म हुने महोत्सवमा ११ गतेसम्म चलचित्रसम्वन्धी कार्यशाला गोष्ठी हुने कोइरालाले बताए । आज शुक्रवार विहान कलाकारहरुसहित वीरेन्द्रनगरमा र्यालीसहित खुल्ला मंचमा पुगिने भएकोले सभ्य बनेर सुर्खेतीको पहिचान दिन आग्रह गरिएको छ ।
महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक गणेशकञ्चन भारतीले महोत्सवलाई सफल बनाउन व्यापक प्रचारप्रसार गरिएको बताए ।
मा
No comments:
Post a Comment