सुर्खेत, ७ बैशाख ।
सुर्खेतमा सरुवा भएका आएका जिल्ला तथा क्षेत्रीय प्रशासकहरुलाई सुर्खेती उद्योग व्यवसायीहरुले स्वागतसंगै गुनासो र समस्याको ओइरो सुनाएका छन् । विहीवार सुर्खेत उद्योग बाणिज्य संघकै सभाकक्षामा सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्याय र क्षेत्रीय प्रशासक ज्ञानदर्शन उदासलाई स्वागत गर्दै समस्याको ओइरो सुनाइएको हो ।
सुर्खेतमा सरुवा भएका आएका जिल्ला तथा क्षेत्रीय प्रशासकहरुलाई सुर्खेती उद्योग व्यवसायीहरुले स्वागतसंगै गुनासो र समस्याको ओइरो सुनाएका छन् । विहीवार सुर्खेत उद्योग बाणिज्य संघकै सभाकक्षामा सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्याय र क्षेत्रीय प्रशासक ज्ञानदर्शन उदासलाई स्वागत गर्दै समस्याको ओइरो सुनाइएको हो ।
सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाहीले सुर्खेत भेरी, राप्ती, कर्णाली र सेती अंचलसंग जोडिएको जिल्ला भएपनि उद्योग व्यापारको क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताए । उनले सुर्खेतलाई कृषिमा पशुपालन, फलफूलमा आँप र मसलामा बेसार उत्पादनको मुख्य जिल्ला मानिएकोले त्यही अनुसारको उत्पादन गर्न सकिने उल्लेख गरे । सुर्खेतमै जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न सरकारले घोषणा गरिसकेपछि पनि जग्गा नपाउँदा निर्माणमा शंका उत्पन्न हुन थालिसकेको उनले बताए । यस्तै सुर्खेतमा विद्युतको समस्या भएको, पर्यटकीयस्थल भएपनि प्रचार हुन नसकेको लगायतका समस्या राखेका थिए ।
संघका महासचिव पदमबहादुर शाहीले क्षेत्रीय सदरमुकाम भएपनि ठूला उद्योगहरु संचालन तथा स्थापना हुन नसकेको, चन्दा आतंकको त्रास हट्न नसकेको, युवाहरु दुव्र्यसनको लतमा फस्न पुगेको समस्या अवगत गराएका थिए । व्यवसायी जगत खड्काले राजनीतिक अस्थिरताले व्यवसाय गर्ने वातावरण बन्न नसकेको, पलायन हुनुपर्ने अवस्था आइलागेको, लगानी बर्ष कागजमै सीमित हुनपुगेको, पर्यटन, जडिबुटी र खनिजको सम्भाव्यता अध्ययन हुन नसकेको जानकारी गराए ।
यस्तै पुस्तक व्यवसायी उदिराम डाँगीले सुर्खेत दैलेखमा पर्याप्तमात्रामा पाठ्युस्तक उपलव्ध हुन नसकेको, शैक्षिकसत्र सुरु हुनलाग्दासमेत केवल ४० प्रतिशतमात्रै पुस्तक आएको समस्या राखेभने मेघनाथ पाण्डेले सडक अतिक्रमण बढेको, हाइस–कियाले सडकलाई नै बसपार्क बनाएको र धनबहादुर रावतले काठहरुको अवैध निकासी भइरहेकोले यसको रोकथाम गर्नुपर्ने बताएका थिए । त्यसैगरी तारालाल दाहाल, टुकाराम लामिछाने, श्याम नेपाली, पूर्णचन्द्र उपाध्यायलगायतका व्यवसायीहरुले सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव, गुणस्तरीय र मापदण्ड विपरित मासु विक्री भइरहेकोजस्ता समस्याहरु प्रजिअ र क्षेत्रीय प्रशासकसमक्ष दर्शाएका थिए ।
व्यवसायीहरुको समस्याको ओइरो सुनेपछि प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायले राष्ट्रिय समस्याका वारेमा आफूले केही गर्न नसकेपनि स्थानीय समस्याहरुलाई समाधान गर्न सदैव तयार रहने आश्वासन दिए । उद्योग व्यवसाय नै देश विकासको मूल आधार भएकोले लगानी गर्ने वातावरण बनाउन सवै क्षेत्रको उतिकै सहयोग आवश्यक रहेको बताए । साथै कृषिजन्य उद्योगहरुको विकास गर्न उद्योग व्यवसायीहरुलाई उनले सुझाव दिए ।
यस्तै क्षेत्रीय प्रशासक ज्ञानदर्शन उदासले सुर्खेत लगायत यस क्षेत्रको विकासका लागि आफू गम्भीर र चिन्तित भएको बताए । उनले मध्यपश्चिम क्षेत्रमा पर्यटन र जडिबुटीको प्रचुर सम्भावना भएकोले यसको विकास गर्न सकिने धारणा राखे । विकासका लागि सधैं सरकारको मुख ताक्न नहुने सुझाव दिदैं उनले पूर्वाधार बनाएर मात्रै उद्योग खोल्न जिकिर गरे । साथै उनले संघलाई सेवा गर्ने थलोको रुपमा विकास गर्नपनि सुझाव दिए । उनीहरुले सुर्खेतको विकास गर्न आफूहरुले सदैव तयार रहेको जानकारीसमेत दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपाध्याय र क्षेत्रीय प्रशासक उदासलाई सुर्खेतमा आएकोमा संघका पदाधिकारीहरुले स्वागतसहित सम्मान गरेका थिए ।
मा
No comments:
Post a Comment