संगीत चोरेको आरोपमा सैफलाई जरिवाना

Bookmark and Share 
अन्तत: फिल्म एजेन्ट विनोदमा अनुमति बिना पूरानो गीतको संगीत चोरी गरिएको काण्डमा दोषी ठहर भएपछि यसमा निर्माता तथा अभिनेता सैफ अली खानले जरिवाना तिर्नुपरेको छ । 
हालै रिलिज भएको जासुसी थ्रिलर फिल्म एजेन्ट विनोदमा विभिन्न पुराना गीतका ट्रयाकहरु विना अनुमति प्रयोग गरिएको थियो । यो फिल्ममा चोरीको आरोप लागेका मुख्य तीन गीतमा आसमान पे है खुदा, मेरी जान मैने कहा र रकम्मा रहेका छन् ।
आसमान बोलको गीत रमेश सहगलको फिल्म फिर सुबह होगीबाट, मेरी जान बोलको गीत रमेश बेहलको फिल्म दी ट्रेनबाट तथा रकम्मा बोलको गीत मनी रत्नमको फिल्म थलापथीबाट चोरी गरिएको खुलेको छ ।
संगीत चोरीबापत सैफले कति नगद जरिवाना तिर्नुपर्ने हो त्यो भने टुंगो लागिसकेको छैन । एजेन्ट विनोदका निर्देशक श्रीराम राघवनले संगीत कपी गर्दा अनुमति लिनुपर्ने बारेमा आफूले सैफलाई पहिले नै भनेको भएपनि उनले नमानेको बताएका छन् ।

No comments:

Post a Comment