निजामति कर्मचारी दिवस

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ बैशाख ।
नेपाल निजामति कर्मचारी संगठनले २३ औं स्थापना दिवस विहीवार विविध कार्यक्रम गरी मनाएको छ । संगठनले विहीवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छभने हाजिरीजवाफ प्रतियोगिताको पनि आयोजना गरेको छ ।
संगठन सुर्खेतका अध्यक्ष केशरबहादुर डाँगीको सभापतित्वमा भएको प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्याय, पेशागत महासंघका अध्यक्ष शिवप्रसाद उपाध्याय, केन्द्रीय परिषद् सदस्य मोहन गिरी, कर्मचारी युनियनका सचिव गणेश थापालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

No comments:

Post a Comment