सुर्खेत, ७ बैशाख ।
आन्तरिक राजश्व कार्यालयले लामो समयपछि सुर्खेतमा करदाता सेवाको कार्यालय स्थापना गरेको छ । कार्यालयको एक समारोहका वीच आन्तरिक राजश्व विभागका उपमहानिर्देशक कृष्ण देवकोटाले उद्घाटन गरे ।
आन्तरिक राजश्व कार्यालयले लामो समयपछि सुर्खेतमा करदाता सेवाको कार्यालय स्थापना गरेको छ । कार्यालयको एक समारोहका वीच आन्तरिक राजश्व विभागका उपमहानिर्देशक कृष्ण देवकोटाले उद्घाटन गरे ।
उनले यस क्षेत्रका व्यापारी तथा व्यवसायीहरुको मागलाई ध्यानमा राख्दै विभागले सुर्खेतमा कार्यालय स्थापना गरेको बताए । कार्यालय स्थापना भएपनि अहिले दरवन्दी कम रहेकोले आगामी साउनदेखि पूर्ण दरवन्दीसहित कामलाई दु्रत गति दिने उनको भनाइ छ । करदातालाई सहज र छिटो सेवा प्रदान गर्न, घरमै बसेर कर तिर्ने व्यवस्था मिलाउन र करको दायरा विस्तार गर्न कार्यालय लागिपरेको जानकारी उनले दिए । विभागले यसबर्ष १३ वटा करदाता सेवा कार्यालय स्थापना गर्ने योजनाअनुरुप सुर्खेतमा पहिलो कार्यालय स्थापना गरिएको उपमहानिर्देशक देवकोटाले बताए ।
प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायले कार्यालय स्थापना भएपछि यहाँका उद्योगी व्यवसायीहरुलाई सहज हुनेभएकोले कार्यालयलाई अधिकारसम्पन्न गराउनतर्फ लाग्न सुझाव दिएभने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाहीले व्यवसायीहरुको माग बल्ल सुनुवाई भएकोमा खुशी व्यक्त गरे । कर बुझाउन नेपालगन्ज जानुपर्ने बाध्यता अव हटेको बताउँदै उनले व्यवसायीहरु करको दायरामा अझ आउने विश्वास उनले गरे ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत विनोद उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा सुर्खेतका प्रहरी प्रमुख एसपी गोविन्दराम परियारलगायतले कार्यालय स्थापना भएपछि सवैभन्दा बढी लाभ उद्योगी व्यवसायीहरुलाई हुने बताएका थिए ।
No comments:
Post a Comment