मानवअधिकार अनुशिक्षण

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २४ चैत ।
इन्सेक सुर्खेतको आयोजनामा उषा वालवाटिका उच्च मावि वीरेन्द्रनगरमा शुक्रवार मानवअधिकार अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मानवअधिकारको बारेमा जानकारी तथा यसबारेमा युवावर्गलाई सचेत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा मानवअधिकारको परिभाषा, अवधारणा, विषेषता, मानवअधिकार र अधिकारमा फरक, मानवअधिकारको विश्वव्यापी घोषणापत्रको बारेमा उच्च माविका प्राचार्य कमलेश डिसीले बताएका थिएभने सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले गरेका थिए ।

No comments:

Post a Comment