![]() |
| नवराज शर्मा |
एकाविहानै मोवाइलको घण्टी बज्यो । कति बजेछ भनि घडी हेरें, विहानको सवा पाँच बजेको रहेछ । यति विहानै निन्द्रा विगार्ने गरी कसले फोन गर्यो त भनि हताहतार मोवाइल कानमा टाँसे । धनबहादुर केसी सरको फोन रहेछ । हिंड्नु भो’कि नाइ ? हेलो पनि नभनी सिधैं प्रश्न गर्नुभयो मलाई । कहाँ हिंड्नु सर मत सुतेकै छु । मेरो उत्तर उहाँलाई त्यति चित्त बुझ्दो भएनछ । ‘यो त भएन सर हिटो हिंडिहाल्नुुस्’ उहाँको आदेश आयो । म पनि हतारहतार विहानको नित्य कर्म सकेर बजारतिर प्रस्थान गरें । म लगायत १०/१२ जना पत्रकार, विभिन्न राजनैतिक दलका नेताहरु, स्थानीय विकास अधिकारी र कर्मचारीहरु र उद्योग वाणिज्य संघका अध्यक्षलगायतको टोलीको बजेडीचौर यात्राको प्रसंग थियो यो । म बजार पुगे लगत्तै धनबहादुर सरसंग भेट भयो मेरो । अनि उहाँ र म खल्तीबाट मोवाइल झिकेर साथीहरुसंग छिटो जम्मा हुन अनुरोध गर्न लाग्यौं । एकछिनमा सुर्खेतका अग्रज पत्रकार जीवन शाक्य सम्पर्कमा आउनुभयो । उहाँलाई बसाल्दै हामी अरु पत्रकार साथीहरुलाई जुटाउन लागि पर्यौं ।
अन्तत: विहानको ठिक ७ बजे तय भएको हाम्रो प्रस्थान समय साढे ८ बजेलाई निश्चित भयो । एकैछिनमा पत्रकार बोक्न तय भएको जीप हाम्रो अघिल्तिर आएर रोकियो । हामी हतारहतार जीपमा बस्यौं । अगाडिको सीटमा अग्रज पत्रकार जीवन शाक्य, आडमा दिपकजी, त्यस पछाडि रेडियो सुर्खेतका पत्रकार मित्र, इन्द्रेणी टेलिभिज, रारा टेलिभिजनका साथीहरु बस्नुभयो । म, सुर्खेतपत्र दैनिकका सम्पादक ललित बसेल र लोकमञ्च दैनिकका कमल न्यौपाने भाइ अन्तिम सिटमा बस्यौं । गाडी धेरै पुरानो र साँघुरो भएकोले साथीहरुले नाक खुम्च्याइ रहनुभएको थियो । सौर्य दैनिकका लक्ष्मण भण्डारी र काँक्रेविहार दैनिकका विनोद शाही त गाडीको अवस्था ठिक नभएको देखेर आफ्नै मोटरसाइकलमा अगाडि लाग्नुभयो । बाँकी पत्रकार मध्ये मोती दाइ जिविस टोलीसंगै अघि बढ्नुभयो । सुर्खेतको वीरेन्द्रनगरदेखि भेरीपुल, सत्तरी, मसिना हुँदै १ घण्टापछि हामी छिन्चु पुग्यौं । छिन्चुमा विहानको नास्ता खाइसकेर हामी रामघाट, मेहेलकुना बोटेचौर हुँदै सल्लीबजारतर्फ अघि बढ्यौं । बजेडीचौर गाविसको वडा नं. ८ स्थित ऐतिहासिक कोटको थुम्को र खानीपाखा गुफा हाम्रो यात्राको अन्तिम गन्तब्य थियो ।
त्यस ठाउँको लागि म र केही साथीहरु बाहेक बाँकी सबै नयाँ थिए । मभने त्यसको ४ दिन अगाडि त्यहाँ पुगेर फर्किएको थिए । त्यसैले म त्यहाँको लागि सबैकुरामा जानकारी ठहरिन्थें । यात्रामा निकै रमाइला गफगाफ भए । खटारो गाडीको व्यवस्था गरेकाले सबै साथीहरु आयोजकसंग रुष्ट र आक्रोशित थिए । आयोजकले पत्रकारलाई अपहेलित गर्दै खटारो गाडीको व्यवस्था गरिदिएको सबैको निष्कर्ष थियो । कुराकानीकै क्रममा पत्रकार कमल न्यौपानेले त्यहाँ पुगेर फर्केपछि आयोजकलाई व्यंय गर्दै एउटा लेख लेख्ने निर्णय गरे । मलाई सम्झना छ उनले यात्राकै क्रममा लेखको शीर्षकपनि राख्न भ्याए ‘अपहेलित पत्रकार र खटारो गाडी’ उनको प्रस्तावित लेखको शीर्षक सुनेर ललित सर म खुब हाँस्यौं । आयोजकले जस्तो गाडीको व्यवस्था गरिदियो त्यसैमा बसेर जानुको विकल्प हामीसंग अरु केही थिएन ।
गाडीमा रमाइलो गर्दै, सास्ती खेप्दै दिउँसोको करिब १ बजे हामी सल्लीदेखि पूर्व राकम भन्ने ठाउँमा पुग्यौं । राकममा भेरी नदीको किनारामा पुगेर हाम्रो मोटर रोकियो । त्यहाँबाट अघि बढ्नको लागि हाम्रो गाडीलाई फेरीमा राखेर पारि तार्नुपर्ने हुन्थ्यो । विडम्बना फेरी केहीदिन देखि विग्रिएकाले हाम्रो मोटर अघि नबढ्ने निश्चित भयो । भेरी किनारामा एकछिन फोटो खिचेर हामी स्थानीय विकास अधिकारीलगायत पत्रकारहरु झोलु·े पुल हुँदै पारि गयौं । अव के गर्ने ? पैदल जाने हो भने झण्डै ६/७ घण्टा उकालो हिड्नुपर्ने हुन्थ्यो । आयोजकले अन्यकुनै व्यवस्था गरेको छ कि भनि हामी सल्लाह गर्न थाल्यौं । आयोजकवाट निर्णय भयो ५/६ वटा मोटरसाइएकले पालैपालो हामीलाई कार्यक्रमस्थल पुर्याउने रे । यो निर्णय मलाई चित्त बुझ्दो भएन किनकि त्यो बाटोसंग म राम्ररी परिचित थिए । मोटरसाइकलको यात्रा निकै जोखीम हुनेभएकोले मैले हुन्न भने, साथीहरुले पनि मेरो कुरामा सहमति जनाउनुभयो । आयोजकले हामी करिब ३० जनालाई जामुनेबजारमा खानाको व्यवस्था मिलाएको रहेछ । सबैलाई भोक लागि सकेकोले खाना खानकै लागि भएपनि जामुने बजारसम्म जाने निर्णय भयो । अन्तत: ३ जनाका दरले मोटरसाइकलमा झुण्डिदै हामी २ बजे जामुनेबजार पुग्यौं । विहानको खाना खाइसकेपछि आयोजकले हामीलाई एउटा गाडीको व्यवस्था मिलायो ।
उकालोबाट हर्न बजाउँदै एउटा गाडी हामीभएतिर कुदेर आयो । गाडीको नाम रहेछ ‘ट्याक्टर गाडी’ । नहुनु मामा भन्दा कानो मामा जाति’ भने झैं भयो हामीलाई । सबैभन्दा महिला स्थानीय विकास अधिकारी हिरालाल रेग्मी ट्याक्टरको ट्रलीमा गएर बस्नुभयो । त्यसपछि पालैपालो जिविसका इन्जिनियरहरु, अन्य कर्मचारीहरु, वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाही, राजनैतिक दलका नेताहरु र पत्रकारहरु ट्याक्टरमा चढ्यौं । सबैजना हिरा सर र विष्णु दाइलाई हेरेर मुसुमुसु हाँस्न लाग्नुभयो । अचम्म मान्दै हामीले पालैपालो फोटो पनि खिच्यौं । सधैं चिल्लो टल्किने जीपमा चढेर यात्रा गर्ने हिरासर, ट्याक्टरको ट्रलीमा झुल मारेर यात्रा गरेको दृष्य निकै हेर्नलायक थियो । पहायको बाटो धुलो खाँदै टन्टलापुर घाममा ट्याक्टरमा हल्लिदैं करिब १ घण्टा उकालो चढेपछि हाम्रो ट्याक्टरको यात्रापनि समाप्त भयो । बाटो बिग्रेकोले ट्याक्टर अगाडि बढ्न नसक्ने भयो । अबभने हामीसंग पैदल उकालो हिंड्नु बाहेक कुनै विकल्प बाँकी रहेनन् । मलाई त्यतिखेर सबभन्दा जीवन सरको बढी चिन्ता लाग्यो । बृद्ध उमेर गह्रुँगो ज्यान करिब ३ घण्टाको उकालोबाटो उहाँको लागि निल्नु न ओकल्नु भयो । पहाडका बोटवृक्ष ढिस्का र थुम्कासंग पौंठेजोरी खेल्दै ३ घण्टाको अविरल हिंडाइपछि साँझ ६ बजेतिर हामी हाम्रो गन्तव्य स्थान कोटको थुम्कोको नजिक गुग्यौं । आयोजकले बाजागाजासहित हाम्रो भव्य स्वागत गर्यो ।
करिब १ घण्टाको औपचारिक कार्यक्रमपछि स्थानीय आग्रीगाउँको गर्रा नाच हेरिसकेर साँझको झिसमिसेमा हामी कोटको थुम्को हेर्न गयौं । निकै अग्लो ठाउँमा रहेको कोटको थुम्को निकै नै हेर्नलायक थियो । थुम्कोपछि केही साथी हाते टर्चको सहारा लिंदै नजिकै रहेको खानीपाखा गुफा हेर्न जानुभयो । मभने ओरालो लागें । गइन । थुम्को र गुफा हुँदै हामी करिब १ घण्टाको पैदल यात्रा गर्दै राती ९ बजे हाम्रो बासबस्ने ठाउँमा पुग्यौं । दिनको चर्को घाम, ट्याक्टरको यात्रा र लामो हिंडाइले हामी निक्कै थाकेका थियांै । आयोजकले हामीलाई खानबस्नको राम्रै प्रबन्ध मिलाएको रहेछ । करिब ३० जनाको हाम्रो टालीमध्ये राजनैतिक दललाई एउटा घरमा, जिविस टोलीलाई अर्को घरमा र हाम्रो पत्रकारको टोलीलाई स्थानीय रुद्र केसी सरको घरमा खानेबस्ने व्यवस्था मिलाइदिनुभयो । साँझमा निक्कै रमाइलो भयो । खाना खाइसकेर हामी सुत्नको लागि घरको बरण्डामा उक्लियौं । केही साथी मित्र सुत्नुभयो । हामी मोती दाई, लक्ष्मणजी, कमल भाइ, ललित सर र म बरण्डामै सुत्यौं ।
साँझमा दोहारी चल्यो कमल र लक्ष्मणजीको । लक्ष्मणजीले ‘छिनको छिनैमा’ भाकामा र कमलले ‘राइझुमा’ भाकामा दोहोरी खेले । मलाई निर्णायक बनाए दुवैजनाले । खासगरी कमलले ज्यादै रमाइलो गरे । दोहारी पनि राम्रै आउँदोरहेछ दुवैजनालाई । भोलिपल्ट विहान झिसमिसे उज्यालोसंगै ओरालो लाग्यौं । बाटोमा रहेको ट्क्याटरले पनि हामीलाई छोडेर फिर्ता भइसकेको रहेछ । करिब ४ घण्टाको पैदल यात्रा पछि बल्ल राकम भन्ने ठाउँमा आइयो । जहाँ हाम्रो पुरानो गाडीले हामीलाई कुरेर बसेको रहेछ । रामकदेखि सल्लीबजार छिन्चु हुँदै दिउँसो २ बजे हामी वीरेन्द्रनगरमा आइपुग्यौं । निकै नै कठिनाइ र सास्तीका बाबजुदपनि समग्रमा यात्रा सफल रह्यो । अन्तमा, धन्यवाद छ अग्रीगाउँ र बजेटीचौरबासी सबैलाई । निकै नै सम्मानका साथ हाम्रो स्वागत गुर्नभयो । भविष्यमा पनि यस्ता खालका यात्रा गर्ने अवसर प्राप्त भएमा अवस्यपनि पाठकमाझ यात्रा अनुभूति मार्फत दर्शाउने कोशिस गर्नेछु ।

No comments:
Post a Comment