श्रीमतीद्वारा श्रीमानको हत्या

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २४ चैत ।
    पश्चिम सुर्खेतको विजौरा गाविस वडा नं.७ मा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । गत फागुन २३ गते अमृता देवकोटाले श्रीमान उत्तमराज देवकोटाको हत्या गरेकी हुन् । उत्तमका बुवा विजयराम देवकोटाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा यही चैत १४ गते छोरो हराएको निवेदन दिएपछि प्रहरी नायव उपरीक्षक आनन्दप्रसाद मराठाको कमाण्डमा गएको टोलीले अनुसन्धानका क्रममा अमृतालाई ल्याएर सोधपुछ गरेपछि उनले नै उत्तमको हत्या गरेको रहस्य खुलेको हो ।

    प्रहरीका अनुसार अमृता र उनका देवर नमराज देवकोटा मिलेर डोरीले उत्तमको घाँटी कसेर मारी खाटमुनि लुकाएको र पछि कमला देवकोटा र भैया भन्नेसहित चार जनाले घर नजिकको पखेरोमा खाडल खनी गाडेका थिए । चारै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको सुर्खेतका प्रहरी प्रमुख एसपी गोविन्दराम परियारले बताए ।

No comments:

Post a Comment