१ लाख २७ हजारको फोटोसहितको नाम दर्ता
सुर्खेत, ७ बैशाख ।
सुर्खेत जिल्लामा झण्डै ९० हजार मतदाता घटेका छन् । फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा २०६३ सालको संविधानसभाको निर्वाचनको मतदाताको तुलनामा ९० हजार मतदाता घटेको हो । २०६३ सालमा सुर्खेतमा २ लाख १४ हजार १८३ मतदाता रहेकोमा फोटोसहितको नामावली संकलन गर्दा केवल १ लाख २५ हजार १०६ जनाले मात्रै नाम दर्ता गराएका छन् । ८९ हजार ७७ जना मतदाता घटेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

विहीवार फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमको आयोजना गरी निर्वाचन कार्यालय सुर्खेतले अहिले छुट नाम दर्तालगायतको काम सुरु भइरहेको जनाएको छ । निर्वाचन अधिकारी तिलकप्रसाद रिजालले यही चैत ३ गतेदेखि सुर्खेतको एक नगरपालिकासहित ५० वटै गाविसहरुमा मतदाता नामावलीको अद्यावधिक गर्ने काम भइरहेको बताए ।
नामावली संकलनका क्रममा सुर्खेतमा १ लाख २८ हजार ३०२ जना मतदाताको फोटोसहितको नामावली संकलन भएकोमा ३ हजार १ सय ९६ जना बाहिरी जिल्लाका रहेका छन् । यस्तै बाहिर जिल्लामा रहेका सुर्खेतीहरु गरी जिल्लामा अहिलेसम्म १ लाख २७ हजार ७ सय ५६ जना मतदाताको नाम दर्ता भएको निर्वाचन अधिकारी रिजालले बताए । संविधानसभाको निर्वाचनको तुलनामा भन्दा अहिले किन मतदाता घट्यो भन्ने प्रश्नमा निर्वाचन अधिकारी रिजालले मुख्य कारण एउटै व्यक्तिको नाम दोहोरिनु नै रहेको बताए । त्यसपछि पुरुषहरु रोजगारीका क्रममा भारतलगायत विदेश जानु, १६ बर्ष पुगेपनि नागरिकताको प्रमाणपत्र नलिनुजस्ता कारणले पनि मतदाता घटेको जानकारी उनले दिए । अहिले दोहोरिएकोलाई हटाउने, छुटेकोलाई थप्ने, त्रुटिरहित बनाउने काम थालिएकोले सवैको सहयोग आवश्यक रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायले फोटोसहितको मतदाता नामावलीबाट राष्ट्रिय परिचयपत्र बन्ने भएकोले त्रुटिरहित बनाउन सुझाव दिए । निर्वाचन प्रक्रियालाई पनि सघाउने भएकोले सवैलाई सहयोग गर्न उनले आग्रह गरे ।
No comments:
Post a Comment