हुम्ला, २० चैत ।
विश्व खाद्य कार्यक्रमले जिल्लामा सञ्चालन गरेको उद्यम विकासका लागि खाद्य कार्यक्रमअन्तर्गतको सर्केघार्ड इडिपीको लागि पैमादेखि सर्केघार्डसम्म स्थानीय खसीद्वारा ढुवानी गरिएको १५२ क्विन्टल चामल सर्केघार्डमा अलपत्र परेको छ । विश्व खाद्यको लोगोसहित प्याक गरेको बोरा नफुटाई सम्बन्धित स्थानमा ढुवानी गनुपर्ने नियम विपरीत चामल ढुवानीको जिम्मा लिएको ठेकेदारले बोरा फुटाएर चामल ढुवानी गरेको भन्दै स्थानीय संस्था हिमालयन कन्जरभेसन एन्ड डेभलपमेन्ट एसोसियसन (एचसिडिए) ले चलानी नबुझेपछि उक्त चामल अलपत्र परेको हो ।
सम्बन्धित क्षेत्रका लागि भनेर ढुवानी गर्ने चामलको सिल नतोडेर सम्बन्धित इडिपीमा चामलका बोरा पुर्याउनुपर्ने प्रावधान विश्व खाद्यको छ । गएको वर्ष बाजुरामा समेत विश्व खाद्यको चामललाई स्थानीय ठेकेदारले खसीमा समेत ढुवानी गराएको भन्दै ढुवानीको जम्मेवारी पाएका ठेकेदार रमेश पोखरेलको तर्फबाट कर्ण बुढाले श्रीनगरका ५०० खसीबाट पैमादेखि सर्केघार्डसम्म ढुवानी गराएका थिए । ठेकदारका सहयोगीको आग्रहमा गएको माघ अन्तिमसातामा नै उक्त चामल सम्बन्धित इडिपीमा पुर्याएको भए पनि इडिपी इन्चार्जले नबुझेपछि खसीका धनीले (बख्री) सर्केघार्डमा आफौ गोठी निवासी मानदेव शाहीको घर भाडामा लिएर चामल छुट्टै स्टोर गरेर राखिएको छ ।
खसीले ढुवानी गरेको चामललाई बुझ्नका लागि विभिन्न राजनीतिक दलका नेता तथा सभासद्ले समेत अनेकन दबाब दिए पनि विश्वखाद्यको नियमअनुसार आफूले चामल नबुझेको स्थानीय सहयोगी संस्था एचसिडिएका एक कर्मचारीले राससलाई जानकारी दिनुभयो । उहााका अनुसार सामान्य बोरा च्यातिएको चामलसमेत बुझ्न नसकिने विश्व खाद्यको नियम भएकाले संस्थाले उक्त चामल नबुझेको हो । विश्व खाद्यको मिसनसमेत आएर उक्त चामल नबुझ्ने अडान दोहोर्याएको छ ।
मिसनमा सहभागी स्थानीय संस्था एचसिडिएका कार्यकारी निर्देशक दल रावलका अनुसार खोलिएको चामल अब विश्व खाद्यको नभई सम्बन्धित ठेकेदारकै भएको बताउनुभयो । उहााले विश्व खाद्यको सम्झौता गरिएको कोटाको चामल जहााबाट भए पनि ठेकेदारले सम्बन्धित इडिपीमा पुर्याउनुपर्ने अडान दोहोर्याउनुभयो । उता चामल ढुवानी गरेका खसीधनीहरूले ढुवानीको रकमसमेत पाएका छैनन् ।
No comments:
Post a Comment