एउटै मन्दिरमा १२० बली

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
रुकुम, १८ चैत ।
चैते दसैंको अवसरमा यहाँको एक मन्दिरमा १२० बली चढाइएको छ । जिल्लाको मग्मा गाविस– २ दुलिंगाको कालिका मन्दिरमा १२० बली चढाइएको हो । हरेक वर्ष जस्तै यस वर्षपनि १२० बलि चढाएको पुजारी रखे जैसीले बताए । एक वर्षको अवधिमा देवी देवता, धामी झाँक्रीसमक्ष बली चढाउने बाचा गरेका जति सबैले यहाँ बली चढाउने गरेका छन् । मन्दिरमा बली चढाएपछि मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । त्यस मन्दिरमा पूजा गर्न तथा बली चढाउन गोताकोट, स्यालाखदी, आठबिसडाँडागाउँ, दुली, झुला, बाँफिकोट, पिपल, पोखरा, स्यालापाखालगायत गाविसका सर्वसाधारण आउने गरेको मन्दिर व्यवस्थापन समितिले बताएको छ । जिल्लाका अन्य ठाउँका मन्दिरलगायत खलंगाको डिग्रे शाइकुमारी मन्दिर, कालिका मन्दिर, रुकुमकोट, आठबिसकोट, बाँफिकोट, विजयश्वरीको चौरजहारीका कालिका मन्दिरमापनि बलि चढाइएको छ । ती मन्दिरमा भने एकदेखि सातवटासम्म मात्र बली चढाइएको छ ।

No comments:

Post a Comment