पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई डेढ वर्ष कैद

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता
काठमाडौं २१ चैत । 
विशेष अदालतले पूर्वप्रहरी प्रमुख मोतिलाल बोहोराले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र ५३ लाख ६५ हजार जरिवानाको फैसला सुनाएको छ । अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले मंगलबार बोहोराले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद, २६ लाख ८२ हजार ७ सय ५० रुपैयाँ जरिवाना र त्यति नै विगो भर्ने फैसला सुनाएको हो ।

सरकारी ओहोदामा रही २ करोड ३८ लाख २३ हजार गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहोराविरुद्ध २०६१ भदौ १ गते विशेषमा मुद्दा दायर गरेको थियो । विशेषका तत्कालीन न्यायाधीश भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले हद म्याद नाघेको भन्दै बोहोरालाई सफाइ दिएको थियो । तर, सफाई दिने निर्णय उल्टाउँदै सर्वोच्चले सुनुवाई गर्ने बोहोराको मुद्दा विशेषमा नै पठाएको थियो । बोहोरा २०४९ सालदेखि ०५३ माघसम्म प्रहरी महानिरीक्षक थिए । 

No comments:

Post a Comment