लेखफर्सा र गढीमा गाउँ कार्यसमिति

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १८ चैत । 
राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीले लेखफर्सा गाविसमा बमबहादुर गुरुङको अध्यक्षताम गाउँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष प्रेम आचार्य, कोषाध्यक्ष हर्षबहादुर राना, सचिव लालबहादुर गाहा र सदस्यहरुमा पूर्णकला राना, चन्द्रबहादुर बादी, तोरण गुरुङलगायत छन् । कार्यक्रममा राप्रपा/राजपा सुर्खेतका सचिव टोपबहादुर वली, सदस्य भीमबहादुर खड्काको उपस्थिति थियो । 

यस्तै गढी गाविसमा पनि कूलपति पराजुलीको अध्यक्षतामा २१ सदस्यीय गाउँ कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा गोमानसिंह सुनार, सचिव ललितबहादुर खासु, कोषाध्यक्ष हरिलाल कँडेल र सदस्यहरुमा अमृता सुनार, शशिधर राँकी, महेश पराजुली, ओमप्रकाश पराजुलीलगायत छन् । कार्यक्रममा राप्रपा सुर्खेतका उपाध्यक्ष बलबहादुर भण्डारी, नगर कमिटी अध्यक्ष जगत भण्डारीको समेत उपस्थिति थियो । 

No comments:

Post a Comment