२४ गाविस औलोको जोखिममा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सल्यान, ६ वैशाख ।
    सल्यान जिल्लाका २४ गाविस औलो रोगको उच्च जोखिममा रहेका छन् । शारदा नदी किनारमा रहेका गाविसहरू औलो रोगको उच्च जोखिममा रहेकाले त्यहाँ महामारीको रूप फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ ।

    शारदा नदी किनारमा रहेका त्रिवेणी, खलंगा, स्यानीखाल, काभ्रा, कालिमाटी रामपुर, कालिमाटी काल्चे, काप्रेचौर, वामे, थारमारे, फलावाङलगायतका गाविस उच्च जोखिममा रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विकास देवकोटाले जानकारी दिए ।
    उनका अनुसार ती गाविसमा औलो सार्ने लामखुट्टे प्रशस्त हुने भएकाले जोखिममा रहेको हो । जोखिममा रहेका गाविसमा माहामारीको रूपमा रोग फैलिन नदिन स्वास्थ्य कार्यालयले आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ ।
    ‘ती गाविसमा रोग फैलिन नदिनका लागि आवश्यक औषधि सम्बन्धित गाविसका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा पुर्‍याइसकिएको छ’ प्रमुख देवकोटाले भने । औलो ज्वारोका किटाणुहरू क्युलेक्स जातको पोथी लामुखुट्टेबाट सर्ने भएकाले साँझको समयमा बाहिर नबस्न तथा सुत्ने समयमा झुलको प्रयोग गर्न उनले सबैसंग आग्रह गरे ।
    औलो रोगको जोखिममा रहेका अधिकांश गाविसमा पर्याप्त मात्रामा औषधि पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल अधिकृत नेत्र राणाले बताए ।

No comments:

Post a Comment