सुर्खेत, २५ चैत ।
मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय महेश्वरी बाहिनी मातहतको अस्थायी सुरक्षा बेस तुलसीपुर दाङले २५ लाख बराबरको काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक सुरज पाण्डे नेतृत्वको टोलीले दाङस्थित पवन नगर गाविस वडा नं. २ को दुर्गा सामुदायिक बनमा अवैध रुपमा ल्याइ गाउँमा लुकाइराखिएको अवस्थामा काठ बरामद गरेको हो । प्रहरी ले ५ सय ३८ क्युफिटको ५२ थान गोलिया र २ सय ७५ क्युफिटको ४ सय ७८ थान चिरान काठसहित ८ जनालाई पक्राउ गरिएको छ । मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय महेश्वरी बाहिनी मातहतको अस्थायी सुरक्षा बेस तुलसीपुर दाङले २५ लाख बराबरको काठ बरामद गरेको छ ।
No comments:
Post a Comment