सुर्खेत, २५ चैत ।
सुरक्षित समाजका लेखापाल शिवराज आचार्यलाई शनिवार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको छ । सुरक्षित समाजमा तीन वर्षदेखि कार्यरत आचार्य हालैमात्र रुम टु रिड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा नाम निस्किएपछि बिदा भएका हुन् ।

समाजको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष मेनका ढकालले आचार्यले छोटो समयमा प्रगति गरेको भन्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिन् । विदाइ कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक विपना खरेलले पनि आचार्यलाई शुभकामना दिएकी थिइन्भने सोही अवसरमा नयाँ लेखापाल तारा चन्दलाई स्वागत गरिएको थियो ।
No comments:
Post a Comment