जाजरकोट, ५ बैशाख ।
‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भन्ने नेपाली उखान जाजरकोटबासीको लागि यथार्थ बनेको छ । जाजरकोटको भुर ,कार्कीगाउँ र जगतिपुर गाविसका सार्वजनिक र ब्यक्तिगत जग्गामा आफैं उम्रिएर फलेका बेल प्रयोगमा ल्याउन नसक्दा बर्षेनी त्यत्तिकै खेर गैइरहेको छ ।
पाकेको बेलको रसबाट जुस बनाएर विक्री गर्दा प्रशस्त आम्दानी गर्न सकिन्छ । बेल चैतदेखि जेठ महिनासम्म पाक्ने गर्दछ । बेलको जुस बनाउने प्रविधि र तरिकाका बारे स्थानीयलाई थाहा नहुँदा र बजारको अभावमा यहाँको सयौं क्वीन्टल बेल त्यत्तिकै खेर गैरहेको शिवशंकर उच्च माविका शिक्षक नारायणप्रसाद शर्माले बताए ।

यस क्षेत्रमा बेलको ब्यवसायिक खेती गरी देशका विभिन्न भागमा बेल निर्यात गरी जुस बनाएर विक्री गर्नसके स्थानीयको जीवन स्तरमा सुधार आउने शिक्षक शर्माको भनाई छ । स्थानीयले बेलको महत्व थाहा नपाउँदा जथाभावी रुख फँडानी गरी घाँस, दाउरा बनाउने गरेका छन् । बेलको प्रयोग अहिलेसम्म नहुँदा ‘स्थानीयको लागि बेल पाक्यो हर्ष न विस्मात’ भएको छ’ उनले भने ।
बेलको पात पूजाआजामा समेत प्रयोग गर्ने गरिन्छ । बेलको जुस खानले शीतल प्रदान गर्नुका साथै मधुमेह, ग्याष्टिक, जन्डिसलगायतका रोगका बिरामीको लागि बरदान सावित हुने गरेको स्थानीय बुढापाकाको भनाइ छ । यद्यपि यसको ब्यवसायिक खेती गरी बजार प्रबद्र्धनतर्फ सरकारी तथा गैरसरकारी निकायको ध्यान नजानु दु:खद पक्ष भएको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहको धारणा छ ।
बेलको संरक्षण गरी यसलाई ब्यवसायिकता प्रदान गर्न आउँदो आर्थिक बर्षदेखि विशेष कार्यक्रम ल्याइने जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्राविधिक सहायक तिलक के.सीले बताए ।
मा
No comments:
Post a Comment