नगरभित्रका संरचनाहरु भताभुङ्ग

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ५ बैशाख ।
    वीरेन्द्रनगर नगरपालिकाभित्र निर्माण भएका भौतिक संरचनाहरु दिनदिनै जीर्ण हुँदै जान थालेका छन् । निर्माण भएको बर्ष दिन नपुग्दै ती पुललगायतका संरचनाहरु भताभु· हुन थालेका हुन् । वीरेन्द्रनगरस्थित न्यूरोड, एरिचोक नजिक खोर्के खोलाको पुल, विमानस्थल नजिकको पुल भत्कने अवस्थामा पुगेका छन् ।
    बजारस्थित न्यूरोडको संरचना अहिले भताभुंग अवस्थामा छ । त्यहाँ बनाइएका फलामका बार, जमीनबाट उठाइएको ईटाको भूभाग भताभुंग छ । फलामको बार बेवारिसे भएका छन् ।

    यसैगरी एरिचोक नजिक खोर्के खोलाको पुलपनि जीर्ण बन्दैछ । पुलको छेउछाउमा लगाइएको फलामे बार भत्काइएको छ । राखिएको फलाम गायब बनाइएको छभने विमानस्थल नजिकको पुलको अवस्थापनि उस्तै छ । रत्न राजमार्गको इत्राम खोलामा पुल बन्न थालेपछि विमानस्थल पुल अहिले निकै व्यस्त बनेको छ । उक्त पुलको फलामे पाइपपनि आधा गायब छ ।
    नगर क्षेत्रका संरचनाहरुको रेखदेख गर्ने काम नगरपालिकाको भएको र उसैले नै वास्ता नगरेको आरोप स्थानीयहरु लगाउँछन् । तर वीरेन्द्रनगर नगरपालिकाले भने सवैको बेवास्ताले गर्दा जीर्ण हँुदै गएको जनाउँछ । नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार बस्नेतले हाम्रो हो भन्ने भावनाको विकास नभएसम्म भौतिक संरचनाहरुको हेरचाह हुन नसक्ने बताए । उनले नगरभित्रका केही संरचनाहरु नगरपालिकाको समन्वय विना नै बनेका हुनाले रेखदेख हुन नसकेको उल्लेख गरे ।

No comments:

Post a Comment