महोत्सवको व्यापक प्रचार गरिने

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ चैत । 
आगामी बैशाख ८ गतेदेखि १० गतेसम्म सुर्खेतमा हुने राष्ट्रिय चलचित्र महोत्सवका लागि सुर्खेतलगायत देशभर व्यापक प्रचारप्रसार गरिने भएको छ । महोत्सवको प्रचारप्रसार उपसमितिको आइतवार बसेको बैठकले चलचित्र महोत्सवको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा नै प्रचारप्रसार गर्ने निर्णय गरेको हो । 

प्रचारप्रसार उपसमितिका संयोजक गणेशकंचन भारतीले महोत्सवमा नेपाली कलाकारहरुको बाक्लो जमघट हुने, सुर्खेत जिल्लाको पहिचान हुनेभएकोले सम्पूर्ण संचार माध्यमहरुले सक्दो सहयोग गर्न आव्हान गरेका थिए । उनले महोत्सवको पहिलो दिन प्रधानमन्त्रीले उद्घाटन गर्ने, दोस्रो दिन नमूनायोग्य चलचित्रहरु प्रदर्शन गरिने र तेस्रो दिन सुर्खेतका पर्यटकीय स्थहरुहरुको अवलोकन गराइने जानकारी गराए । 
महोत्सव सचिवालय निर्देशक गोविन्द कोइरालाले महोत्सव सुर्खेतको गौरव भएकोले यसलाई सफल पार्न यहाँका संचारमाध्यम र संचारकर्मीहरुको ठूलो भूमिका हुने बताए । 

No comments:

Post a Comment