सुर्खेत, १९ चैत ।
नेपाल परिवार नियोजन संघ सुर्खेतको सभापतिमा दिलिपकुमार वाग्ले ३ बर्षका लागि निर्विरोध चयन भएका छन् । संघका अन्य सदस्यहरुमा देवप्रसाद अर्याल, प्रतापजंग थापा, हिरामणि पोख्रेल, रोशन पोख्रेल, नवराज कोइराला, महिला सदस्यहरुमा पार्वती गिरी, पद्मा गौतम, सीमा चन्द, देवी भट्टराई, अमृता चपाईं, इन्द्रा कँडेल, युवा महिला सदस्यमा बन्दना केसी र युवा सदस्यमा सुनिता चपाईं रहेका छन् । संघको निर्वाचन निर्देशिका २०६८ को दफा १० (२) बमोजिम नयाा कार्यसमिति घोषणा गरिएको हो ।
यसैवीच निर्विरोध निर्वाचित भएका सभापति वाग्लेले परिवार नियोजन संघको अहिलेको अन्यौलको अवस्थालाई आफ्नो कार्यकालमा हटाउने प्रयास गर्ने बताए । उनले अग्रजको मागदर्शन अनुसार सवैको सल्लाह र सुझावका आधारमा समन्वय गरी अगाडि बढ्ने जानकारीसमेत दिए ।
No comments:
Post a Comment