सुर्खेत, २७ चैत ।
माओवादी जनसेनाको छैठौं डिभिजन अन्तर्गत लेखफर्सामा रहेको घोराही सतवरिया विग्रेडमा आइतवार राती झडप भएको छ । विग्रेडका बटालियन कमाण्डर दिपकको नेतृत्वमा आएको टोलीले ८ जनालाई कुटपिट गरी चरम यातना दिएको थियो ।

उनीहरुको कुटपिटबाट सुजन शाही, राजेन्द्र तामाङ र अमीट गम्भीर घाइते भएका छन् । स्वैच्छिक अवकाश रोजेका बटालियन कमाण्डर खगेन्द्र रानाका अनुसार कुटपिटबाट शाहीको खुट्टा भाँच्चिएको छभने तामाङको टाउकोमा बढी चोट लागेको छ । त्यस्तै अमीटको हात भाँच्चिएको छ । ती मध्ये तामाङको अवस्था गम्भीर भएको रानाले बताए ।
विग्रेड सहायक कमााण्डर गगनबहादुर मल्लको सामान ट्याक्टरमा राखेर बाहिर लैजादैं गर्दा किन लगेको भन्ने प्रश्न गरेपछि दिपकको नेतृत्वमा आएको टोलीले उनीहरुलाई कुटपिट गरिएको रानाले बताए । शिविरभित्र अहिले कमाण्डरभन्दा माथिको दर्जाले शिविरका सामानहरु व्यक्तिगतभन्दा घरतर्फ लगिरहेका छन् ।
तर यता छैठौं डिभिजनका कमाण्डर महेन्द्र शाही ‘प्रज्ज्वल’ले साथीहरुमा आपसी विवाद बढेकोपछि उत्पन्न घटनाले दुई चारजना घाइते भएको जनाए । बाहिर निस्कनु पर्दाको आवेगमा उनीहरुले त्यसो गरेको हुनसक्ने प्रज्ज्वलले बताए ।
मा
No comments:
Post a Comment