काठमाडौं, ८ बैशाख ।
एमालेले पार्टीको सिफारिसबाट सुविधा पाउने पदमा निर्वाचित भएका, राजनीतिक नियुक्ति पाएका र विदेश भ्रमणमा गएका व्यक्तिहरुले पार्टीलाई दायित्व (लेबी) नबुझाए पुन: राजनीतिक नियुक्ति नगर्ने भएको छ ।
एमालेले पार्टीको सिफारिसबाट सुविधा पाउने पदमा निर्वाचित भएका, राजनीतिक नियुक्ति पाएका र विदेश भ्रमणमा गएका व्यक्तिहरुले पार्टीलाई दायित्व (लेबी) नबुझाए पुन: राजनीतिक नियुक्ति नगर्ने भएको छ ।
केन्द्रीय लेखापरीक्षण आयोगको १२ आं बैठकले त्यस्ता व्यक्तिले बुझाए/नबुझाएको छानबिन गर्ने र नबुझाएको भए त्यस्ता व्यक्तिहरुलाई पुन: सार्वजनिक पदमा नियुक्ति गर्न नपाउने व्यवस्था गर्ने सिफारिस गरेको छ । अध्ययनका लागि आयोगले सचिव विष्णुबहादुर राउत, विरोध खतिवडा, विष्णु पन्थी, बलराम बास्कोटा र नरेश पोख्रेल रहेको कमिटी गठन गरेको छ । यसैगरी एमालेले विभिन्न कमिटीहरु र जनवर्गीय संगठनमा विभिन्न व्यक्ति र संस्थाहरुको नाउँमा रहेको पेश्की फछर््यौटको लागि केन्द्रीय नेतृत्वलगायत आर्थिक विभागलाई ताकेता गर्ने निर्णय गरेको छ ।
No comments:
Post a Comment