प्रहरी जवान मृत भेटिए

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, ८ वैशाख ।
    यहाँस्थित जनक होटलको कोठामा प्रहरी जवान दयाराम पौडेल बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक उदय तामाङका अनुसार मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी तालिम केन्द्रमा सञ्चालित कार्यालय सञ्चालन तथा क्षमता अभिवृद्धि तालिममा सहभागी हुन जाजरकोटबाट यहाँ आएका पौडेल विगत एक सातादेखि कार्यक्रममा सहभागी भएका थिएनन् ।

    बर्दिया जिल्ला कालिका गाविस स्थायी घर भएका पौडेल बुधबार साँझ खाना खाएर कोठामा गएपछि बिहीबार अबेरसम्म बाहिर नआएकाले प्रहरीले उनको कोठाको ढोका फोडेर भित्र प्रवेश गर्दा उनी मृत अवस्थामा भेटिएका थिए । घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ ।

No comments:

Post a Comment