ओडारमा भेटिएको मानव कंकालको सनाखत

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
जाजरकोट, ८ बैशाख ।
    दुई साता अघि जिल्लाको गर्खाकोट ३ भेत्तडाको एक ओडारमा भेटिएको टाउको सहितको मानव कंकालको सनाखत भएको छ । उक्त मानव कंकाल गर्खाकोट–८ का दीपक रावतको भएको पुष्टि भएपछि उनकी श्रीमती विष्णा रावतले सनाखत गरेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ ।

    मानव कंकालको साथमा भेटिएको कपडा र मोबाइल सेटका आधारमा दिपकको नै कंकाल भएकोले सनाखत गरिएको हो । मृतक दिपक गत सालको जेठ १२ गतेदेखि हराएका थिए । उनको सोही दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । परिवारले भने दिपक भारततिर गएको हुनसक्ने भन्दै जिवितै भएको अनुमान गरेका थिए । घटनामा संलग्न भएको आशंकामा ३ जनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोट अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी निरीक्षक दिनेश घिमिरेले जानकारी दिए । पक्राउ पर्नेमा गर्खाकोट गाविस वडा नं. ८ का रेशमबहादुर खड्का, गोविन्द शाह र वडा नं. ९ का राजेन्द्रबहादुर शाह रहेको प्रहरी निरीक्षक घिमिरेले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

No comments:

Post a Comment