सुर्खेत, १४ बैशाख ।
सवारी साधन चालकहरुले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउनका लागि सुर्खेत ट्राफिक प्रहरीले मापसे यन्त्र (ब्रेथलाइजर) ल्याएको छ । प्रहरी प्रधान कार्यालय, ट्राफिक निर्देशनालयले २ वटा सो यन्त्र पठाइदिएको हो ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार आज शुक्रवारदेखि सो यन्त्र प्रयोगमा ल्याइनेछ । ट्राफिक प्रहरी इन्चार्ज कृष्णराज सापकोटाका अनुसार एउटा यन्त्र वीरेन्द्रनगर र अर्को यन्त्र छिन्चुमा पठाइनेछ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरु बढी दुर्घटनामा पर्ने भएकोले सो नियन्त्रणका लागि दुईवटा यन्त्र सुर्खेत भित्र्याइएको उनले जनाए । उनका अनुसार मोटरसाइकल, जीप, बसका चालकहरुमाथि सो यन्त्र प्रयोग गरिनेछ । ०.३० देखि ०.५० सम्मलाई सामान्य, ०.८० सम्मलाई खतराजनक र सोभन्दा माथि भए सवारी साधन चलाउन नपाउने उक्त यन्त्रमा उल्लेख छ । सवारी साधन चालकहरुले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउनका लागि सुर्खेत ट्राफिक प्रहरीले मापसे यन्त्र (ब्रेथलाइजर) ल्याएको छ । प्रहरी प्रधान कार्यालय, ट्राफिक निर्देशनालयले २ वटा सो यन्त्र पठाइदिएको हो ।
यसैवीच जिल्ला ट्राफिक कार्यालयले सवारी नियम उल्लंघन गर्नेलाई लगाउने जरिवाना शुल्क बृद्धि गरेको छ । यसअघि दुई सय रुपैयाँसम्म जरिवाना लिइएकोमा अवदेखि १ हजार रुपैयाँसम्म जरिवाना लिइने ट्राफिक प्रहरी इन्चार्ज सापकोटाले बताए । बढी भार बोक्ने, लाइसेन्स नबोकेर सवारीसाधन चलाउने, लाइसेन्स नभएकालाई सवारी साधन दिनेलगायतका काम यसमा पर्दछन् । यसैगरी कार्यालयले मंगलगढीचोकमा ट्राफिक विट पोष्ट स्थापना गरेको छ ।
No comments:
Post a Comment