सुर्खेत, २५ चैत ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिले संविधान बनाउन माओवादीले सहयोग नगरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस सुर्खेतले शनिवार आयोजना गरेको कार्यकता भेटघाटमा उनले संविधान लोकतान्त्रिक, गणतान्त्रिक र संघीय बनाउने सहमति भएपनि यसमा माओवादी नै असहयोगी भएको बताए ।

उनका अनुसार माओवादीले लोकतान्त्रिक संविधान बनाउने लिखित सहमति गरेपनि एकदलीय कम्युनिष्टहरुको अधिनायकवाद हावी भएको संविधान बनाउन उद्धत रहेको छ । ‘माओवादीले चाहेको जस्तो जनबादी संविधान बनाउनका लागि उनीहरुसंग सहमति र सम्झौता गरिएको होइन’, उनले भने । माओवादीलाई बृहत शान्ति सम्झौतामा उल्लेख भएको भन्दा बढी स्पेस दिएपनि उनीहरु अझै किचलो थापिरहेको उनले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले शान्ति र संविधानको बाधक कांग्रेस नभइ माओवादी नै भएको आरोप लगाए । माओवादीले शान्ति प्रक्रियाको हलो कांग्रेसले अड्काएको भन्ने गरेपनि शान्ति र संविधान निमार्ण प्रक्रियाको हालो माओवादीले नै अड्काएको उनले जिकिर गरे । विभिन्न समयमा माओवादीले गरेका सहमति सम्झौताहरुलाई पालना नगरेका कारण देश यो अवस्थामा आइपुगेकासमेत उनको भनाइ छ । नेपाली कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्टको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष नैनसिंह महर, नेपाली कांग्रेस लमजुङका क्षेत्रीय सभापति विष्णु धिताल, भूपू सैनिक संघका अध्यक्ष नारायण कोइराला, नेविसंघका केन्द्रीय सदस्य टोपबहादुर रावतलगायतले आ—आफ्ना भनाइ राखेका थिए ।
No comments:
Post a Comment